५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

बांके दुर्घटना अपडेट : दुर्घटनामा घाइते भएकाहरुको नामावली सार्वजनिक



नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २, मा पर्ने कचनापुर र शमसेरगन्जकोबीचमा पर्ने ठोरी जंगलमा दुर्घटनामा घाइते २१ जनाको पहिचान भएको छ । दुर्घटनामा मृत्यु भएका १२ जनाको शव भेरी अस्पतालमा राखिएको छ । सबै शवबाट स्वाब संकलन गरिएको छ ।

दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । मृतकहरुमध्ये गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको र अन्यको सनाखत गर्ने क्रम जारी रहेको बाँके प्रहरीले जनाएको छ । अन्य मृतकको पहिचान नखुले पनि घाइतेहरुको पहिचान खुलेको छ । घाइते २१ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको पनि स्वाब संकलन सुरु गरिएको छ । भारतबाट ३१ जना यात्रु लिएर सल्यान तर्फ जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स बस गएराती रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको थियो ।

घाइतेको नामावली

दाङ जिल्ला धर्ना ४ का ४५ वर्षीय मेघराज केसी
दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी
दाङ जिल्ला राजपुर २ का २१ वर्षीय जीवन घर्ती
दाङ जिल्ला राजपुर गा.पा. ६ का २० वर्षीय दिपेश चौधरी
दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी
दाङ जिल्लाका २० वर्षीय भरत थापा
रोल्पा जिल्ला त्रिवेणी गा.पा. ७ का १७ वर्षीय सुनिल परियार
ऐ. का २० वर्षीय वीरेन्द्र परियार
ऐ. का १८ वर्षीय पुरन परियार
रोल्पा जिल्ला कुरैति गा.पा. २ का ५२ वर्षीय नर बहादुर विक
रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीय दिल ब. बिक
सल्यान जिल्ला कुपिण्डेदह गा.पा. का २० वर्षीय मिनराज बिक
सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का तेज बहादुर बुढाथोकी
सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ४ का २८ वर्षीय लोकेश घर्ती
सल्यान जिल्लाका १८ वर्षीय धन बहादुर बोहरा
सल्यान जिल्लाका ५२ वर्षीय दीप बहादुर बुढा
सल्यान जिल्ला शारदा गा.पा. ६ का टीका चलाउने
सल्यान जिल्लाका शिव भण्डारी
सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का २६ वर्षीय निम बहादुर बादी
ऐ. का १८ वर्षीय देवेन्द्र बुढाथोकी
ऐ. का १७ वर्षीय ज्ञान बहादुर बोहरा

http://बांके दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ११ : २९ बजे

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय