१३ चैत्र २०७९, सोमबार | March 28, 2023

इजरायली प्रधानमन्त्री कार्यालयमै छिर्यो कोरोना भाइरस



इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको कार्यालयमा काम गर्ने कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्रीको कार्यालयले आफ्ना कर्मचारीलाई कोरोना पुष्टि भएको जानकारी गराएको छ ।

यद्यपी ७० वर्षीय प्रधानमन्त्री नेतन्याहू ति कर्मचारीको सम्पर्कमा थिए कि थिएनन भन्नेबारेमा केही बताइएको छैन । संक्रमितको सम्पर्कमा आएकाहरुबारे जाँच गर्न निर्देशन दिइएको इजरायली अधिकारीहरुले बताएका छन् ।

यसअघि पनि नेतन्याहूले दुई पटक कोरोना संक्रमणको खतरालाई सामना गरिसकेका छन् । गत मार्च मा उनका एक सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि भएको थियो । जबकि, अप्रिलमा तत्कालीन स्वासथ्य मन्त्रीको कोरोना जाँच गरिएको थियो यद्यपी उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

इजरायलमा अहिलेसम्म कोरोना संक्रमणका १७ हजार १०० संक्रमित पुगेका छन् । २८५ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा संक्रमण बढ्दै गएको छ ।

-एजेन्सी

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ७ : २६ बजे

‘तिलौराकोट-कपिलबस्तु सम्पदा उत्सव’

लुुम्बिनी । प्राचिन शाक्य गणराज्यको राजधानी कपिलबस्तुका पुरातात्विक सम्पदाहरुको संरक्षण

एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा

काठमाडौं । नेकपा (एमाले) ले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका

एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली

गुल्मी । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

कांग्रेस कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सर्‍यो

काठमाडौं । मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति

आर्ट अफ लिभिङको आयोजनामा ‘रामलला की माता’ कथा

भैरहवा । मानवलाई ‘जिवन जिउने कला’ सिकाउदै अघि बढेको संस्था