६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

४ महिने बालक सहित कर्णालीमा थपिए १६ जना संक्रमित



सुर्खेत । कर्णाली प्रदेशमा ४ महिने बालक सहित थप १६ जनामा संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी अन्वेषण प्रयोगशाला तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा सल्यान, दैलेख र कालीकोटका १६ जनामा संक्रमण देखिएको प्रदेशको स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले बिज्ञिप्ती मार्फत जानकारी दिनुभएको छ ।

आज पुष्टी भएका थप संक्रमितहरु दैलेखको नौमुले गाउँपालिका वडा नम्बर ८ का एक जना, नारायण नगरपालिका वडा नम्बर २ का ५ जना र दुल्लु नगरपालिका वडा नम्बर २ का एक जना रहेका छन् ।

त्यस्तै सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ३ का २ जना रहेका छन् । त्यस्तै कालीकोटका महावै गाउँपालकिा वडा नम्बर २ का एक जना, महावै गाउँपालिका वडा नम्बर ४ का ४ महिने बालकसहित २ जना, तिलागुफा नगरपालिका वडा नम्बर २ का एक जना, पलाँता गाउँपालिका वडा नम्बर ७ का एक जना, शुभकालिका गाउँपालिका वडा नम्बर ३ का एक जना र सान्नित्रिवेणी गाउँपालिका वडा नम्बर २ का एक जना रहेका छन् । संक्रमितहरुमध्ये एक जना महिला र बाँकी पुरुष रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज थपिएका संगै कर्णाली प्रदेशमा संक्रमितहरुको संख्या २ सय ७८ पुगेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  २ : ५१ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का