२३ बैशाख २०८३, बुधबार | May 6, 2026

६८.६ प्रतिशतमा कोरोनाविरुद्ध प्रतिरक्षा क्षमता



काठमाडौं । नेपालमा हालै गरिएको राष्ट्रिय सेरोप्रिभिलेन्स सर्वेक्षणले ६८.६ प्रतिशत जनसंख्यामा कोभिड-१९ विरुद्धको एन्टिबडी बनेको देखाएको छ । अध्ययनमा खोप लिएका तथा नलिएका दुवैथरी नमुना समावेश गरिएको थियो ।

देशभरिका ६ वर्षमाथिका १३ हजार १ सय ६१ जनालाई सहभागी बनाइएको सर्वेक्षणबाट यस्तो नतिजा प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सर्वेक्षणको नतिजा मन्त्रालयले आइतबार सार्वजनिक गरेको हो ।

सर्वेक्षणले एक मात्रा खोप लिएकामध्ये ८० प्रतिशत र दुवै मात्रा खोप लिएकामध्ये ९० प्रतिशतमा एन्टिबडी बनेको देखाएको छ । यसको अर्थ नेपालमा प्रयोग गरिएको खोपको प्रभावकारिता राम्रो रहेको महाशाखाका प्रमुख डा.कृष्णप्रसाद पौडेलले बताए । ‘प्रारम्भिक सर्वेक्षणमा खोप लगाएकाहरूमा देखिएको एन्टिबडी सकारात्मक छ’, उनले भने ।

विश्व स्वास्थ्य संगठनको सहयोगमा महाशाखाले असार २१ देखि साउन ३० भित्रमा प्राप्त नमुना समेटेर अध्ययन गरेको थियो । सर्वेक्षणमा १३ हजार ७ सय जनामा अध्ययन गर्ने लक्ष्य लिइएकोमा १३ हजार १ सय ६१ जनाको परिणामका आधारमा प्रारम्भिक नतिजा प्रकाशित गरेको पौडेलले बताए । आजको नागरिक दैनिकमा पवित्रा सुनारले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : १४ भदौ २०७८, सोमबार  ७ : २५ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल