२० मंसिर २०८२, शनिबार | December 6, 2025

बुटवलका मुख्य सहरी सडकहरु शौन्दर्यकरण गरिँदै



बुटवल । बुटवलमा महामारी विरुद्धको अभियान संगै सहरी सडकलाई शौन्दर्यकरण सुरु गरिएको छ ।

महामारीसंग जोगिँदै सुरक्षित उपायका साथ मुख्य सहरी सडकलाई ट्राफिक संकेतसहित मार्किङ गरिएको छ । हालै पिच भएका मुख्य सडकलाई ट्राफिक संकेत सहित शौन्दर्यकरण गर्ने काम सुरु भएको उपमहानगरले जनाएको छ । बुटवलको सडक सिँगार्ने काममा कोभिड-१९ विरुद्ध आवश्यक सुरक्षात्मक मापदण्ड अपनाइएको छ ।

मुख्य सडकमा अहिले ट्रफिक लेन, जेब्राक्रसिङ तथा ट्राफिक संकेत बनाउने काम भइरहेको छ । नयाँ पिच भएका तथा निर्माण भएका नगरका ठूला सडकहरुमा रोड मार्किङ्ग गरेर ट्राफिक व्यवस्थापनलाई सहज बनाउने काम भएको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । अहिले बुटवलका मुख्य सडकहरु स्तरोन्नति भएका छन् ।

मापदण्ड अनुसार निर्माण भएका तिनै सडकमा ट्राफिक संकेतसहित शौन्दर्यकरण गरिएको प्रमुख सुवेदीको भनाइ छ ।बुटवलका अमरपथ, विपी पथ, दरबारमार्ग पथ, इलाका प्रहरी कार्यालय अगाडिको बाटो, श्रवण पथ, मदन पथ, शुक्रपथ, धर्मपथ, दशरथपथलगायतका मुख्य सहरी सडकहरुमा रोड मार्किङ्ग गरिएको वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताउनुभयो ।

 

करिब २० लाख बराबरको बजेटमा मुख्य सडक शौन्दर्यकरणको काम भइरहेको उपमहानगरले जनाएको छ । लकडाउनका कारण मानिसको आवागमन नभएको, सवारी साधन नगुडेको र पसलहरुसमेत बन्द रहेका अवस्थामा सडक शौन्दर्यकरण र ट्राफिक संकेत निर्माणका काममा सहज भएको वरिष्ठ इन्जिनियर श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  १२ : ४५ बजे

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले