५ श्रावण २०८३, मंगलबार | July 22, 2026

ट्रम्पका पूर्व रक्षामन्त्री म्याटिस भन्छन्, – ट्रम्पले ‘झुठो द्वन्द्व’ सिर्जना गरे, अमेरिका विभाजित बनाए



अमेरिकी पूर्व रक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउस नजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक समाजबीच “झुठो द्वन्द्व” सिर्जना गर्ने किसिमको बताउनु भएको छ ।

सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको निर्णयप्रति असहमति जनाएर सन् २०१८ डिसेम्बरमा राजीनामा गरेका म्याटिसले भने, “मैले यो साताका घटनाक्रमलाई नियालीरहेको छु, र यसबाट मलाई क्रुद्ध बनाएको छ ।”

राष्ट्रपति ट्रम्पका विरुद्धमा यसअघि उनले कुनै पनि प्रतिक्रिया दिन चाहेका थिएनन्। तर प्रहरी नियन्त्रणमा रहेका जर्ज फ्लोएडको मृत्यु भएपछि देशव्यापी विरोध प्रदर्शनबीच म्याटिसले आफ्नो भनाई सार्वजनिक गरेका हुन् ।

म्याटिसको भनाई सार्वजनिक भएसँगै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै जेम्स म्याटिसलाई चाहिनेभन्दा बढी महत्व दिइएको प्रतिक्रिया दिएका छन् । उनले मलाई म्याटिसको नेतृत्व गर्ने शैली बिल्कुलै चित्त नबुझेको बताए ।
तर, म्याटिसले भनेका छन्, “डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई एकताबद्ध गराउन कहिल्यै प्रयास गरेको मैले पाइनँ । उनी हामीलाई विभाजन गर्न चाहन्छन् । हामीले तीन वर्षदेखि यही शैली पाएका छौं । हामीले ट्रम्पबाट परिपक्व नेतृत्व नै पाउन सकेनौं ।”

म्याटिसले ट्रम्प बाहेक अरु अमेरिकीहरु एकताबद्ध हुन पनि आह्वान गरेका छन् । प्रदर्शनकारीका बारेमा प्रतिक्रिया दिँदै म्याटिसले ठूलो संख्याका नागरिकले कानुन बमोजिम समान न्याय पाउनुपर्नेमा जोड दिएका छन् ।
एजेन्सी

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ३ : ११ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं