१५ जेष्ठ २०८०, सोमबार | May 29, 2023

बन्दाबन्दीमै सवा अर्बको तरकारी र फलफूल भैरहवा हुंदै नेपाल भित्रियो



भैरहवा । लकडाउनको समयमा भैरहवा भन्सार कार्यालयबाट हरियो तरकारी र फलफूलको आयात उच्च देखिएको छ तर प्रदेश ५ अन्तर्गत कतिपय जिल्लाका किसान आफ्नो बारीमा उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउन नसकेर नष्ट गर्न बाध्य छन् । चालू आर्थिक वर्ष २०७६/७७ को चैत ११ देखि जेठ २० गतेसम्म ६९ दिनको अवधिमा एक अर्ब २८ करोड ६८ लाख ९५ हजार बराबरको तरकारी तथा फलफूल बेलहिया नाकाबाट आयात भएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७५/७६ को यही अवधिमा एक अर्ब २१ करोड ६७ लाख ५४ हजार बराबरको तरकारी तथा फलफूल यो नाकाबाट आयात भएको थियो । गत वर्षभन्दा सात करोडभन्दा बढीको तरकारी तथा फलफूल आयात भएको भन्सारको तथ्याङ्कले देखाएको छ । बन्दाबन्दीको ६९ दिनको अवधिमा ४५ लाख ३७ हजार मूल्यको ४३४ मेट्रिक टन हरियो सागसब्जी मात्रै भारतबाट आयात भएको छ । प्याजको आयात पनि बन्दाबन्दीको अवधिमा उच्च देखिएको छ । चालू आर्थिक वर्षको चैत ११ देखि जेठ १९ सम्म ४३ करोड ४८ लाख ५४ हजार बराबरको १२ हजार १२ मेट्रिक टन प्याज आयात भएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले जानकारी दिनुभयो ।

बन्दाबन्दीमा गोलभेँडाको आयात पनि बढी भएको देखिएको छ । चालू आर्थिक वर्षको चैत ११ देखि जेठ २० सम्म दुई करोड ४९ लाख ३७ हजार मूल्य बराबरको दुई हजार ३२६ मेट्रिक टन आयात भएको प्रमुख भन्सार अधिकृत भट्टराईले जानकारी दिनुभयो ।
स्थानीय तरकारी तथा फलफूलको बजारीकरण नभएकाले भारतबाट आउने तरकारी तथा फलफूलको आयात उच्च भएको हो, उहाँले भन्नुभयो । त्यस्तै आलु गत चैत ११ देखि जेठ २० सम्म २५ करोड २३ लाख ८१ हजार मूल्य बराबरको १० हजार १२७ मेट्रिक टन आयात भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
(यो समाचार गोरखापत्र अनलाईनबाट साभार गरिएको हो ।)

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ८ : २१ बजे

खजुरामा धुमधामका साथ मनाइयो गणतन्त्र दिवस

खजुरा । १६ औ गणतन्त्र दिवसलाई खजुरा गाउँपालिकाले बृहत कार्यक्रम

अव करदाताले क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र लिन सक्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा राजश्व प्रशासनलाई व्यापक सुधार

तयारी वस्तुमा भन्दा कच्चा वस्तुको आयातमा एक तह कम भन्सार लाग्ने

काठमाडौं । सरकारले तयारी वस्तुको तुलनामा कच्चा पदार्थ आयातमा लाग्ने

भारत भ्रमणबारे प्रधानमन्त्रीले गराए संसदलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितलाई केन्द्रमा

Interview: Only an advanced democracy can be an alternative to democracy – PM Prachanda

The 16th Republic Day is being celebrated across the country