१७ श्रावण २०८३, आइतबार | August 2, 2026

बन्दाबन्दीमै सवा अर्बको तरकारी र फलफूल भैरहवा हुंदै नेपाल भित्रियो



भैरहवा । लकडाउनको समयमा भैरहवा भन्सार कार्यालयबाट हरियो तरकारी र फलफूलको आयात उच्च देखिएको छ तर प्रदेश ५ अन्तर्गत कतिपय जिल्लाका किसान आफ्नो बारीमा उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउन नसकेर नष्ट गर्न बाध्य छन् । चालू आर्थिक वर्ष २०७६/७७ को चैत ११ देखि जेठ २० गतेसम्म ६९ दिनको अवधिमा एक अर्ब २८ करोड ६८ लाख ९५ हजार बराबरको तरकारी तथा फलफूल बेलहिया नाकाबाट आयात भएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७५/७६ को यही अवधिमा एक अर्ब २१ करोड ६७ लाख ५४ हजार बराबरको तरकारी तथा फलफूल यो नाकाबाट आयात भएको थियो । गत वर्षभन्दा सात करोडभन्दा बढीको तरकारी तथा फलफूल आयात भएको भन्सारको तथ्याङ्कले देखाएको छ । बन्दाबन्दीको ६९ दिनको अवधिमा ४५ लाख ३७ हजार मूल्यको ४३४ मेट्रिक टन हरियो सागसब्जी मात्रै भारतबाट आयात भएको छ । प्याजको आयात पनि बन्दाबन्दीको अवधिमा उच्च देखिएको छ । चालू आर्थिक वर्षको चैत ११ देखि जेठ १९ सम्म ४३ करोड ४८ लाख ५४ हजार बराबरको १२ हजार १२ मेट्रिक टन प्याज आयात भएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले जानकारी दिनुभयो ।

बन्दाबन्दीमा गोलभेँडाको आयात पनि बढी भएको देखिएको छ । चालू आर्थिक वर्षको चैत ११ देखि जेठ २० सम्म दुई करोड ४९ लाख ३७ हजार मूल्य बराबरको दुई हजार ३२६ मेट्रिक टन आयात भएको प्रमुख भन्सार अधिकृत भट्टराईले जानकारी दिनुभयो ।
स्थानीय तरकारी तथा फलफूलको बजारीकरण नभएकाले भारतबाट आउने तरकारी तथा फलफूलको आयात उच्च भएको हो, उहाँले भन्नुभयो । त्यस्तै आलु गत चैत ११ देखि जेठ २० सम्म २५ करोड २३ लाख ८१ हजार मूल्य बराबरको १० हजार १२७ मेट्रिक टन आयात भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
(यो समाचार गोरखापत्र अनलाईनबाट साभार गरिएको हो ।)

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ८ : २१ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा