५ पुस २०८२, शनिबार | December 20, 2025

नक्कली बिल प्रयोग गरेर नदीजन्य पदार्थको निकासी



रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका—२ कलुवाघाटमा नक्कली बिल प्रयोग गरेर नदीजन्य पदार्थ निकासी गरिएको पाइएको छ ।

नदीजन्य पदार्थ निकासी गर्दा नक्कली बिल प्रयोग गरेको आशङ्कामा गाउँपालिकाले छानविन शुरु भएको छ । जेठ २१ गते बुधबार लु२त ८९८९ र लु३त ३७९५ नंको ट्र्याक्टरमार्फत ढुवानी भएको नदीजन्य पदार्थको जाँच गर्दा उनीहरुले देखाएको बिल नक्कली रहेको आशङ्कामा गाउँपालिकामा उजुरी परेपछि छानविन थालिएको हो ।

बिन्दवासिनी सप्लायर्सको नाममा रहेको उक्त बिलमा ६०१७६४४१७ नंको पान नम्बर पनि उल्लेख छ । कलुवाघाटबाट पाँच हजार ५४८ घनमिटर नदीजन्य पदार्थको निकासी तथा बिक्री वितरण गर्नेगरी बिन्दवासिनी सप्लायर्सले ठेक्का पाएको छ । उक्त कम्पनीले निकासा गरेको नदीजन्य पदार्थको बिक्री वितरणमा नक्कली बिल प्रयोग गर्ने गरेको अनुमान गरिएको छ । नदीजन्य पदार्थको बिक्री वितरणमा गाउँपालिकाले प्रमाणित गरेर दिएको भन्दा अलग्गै बिल बिजक प्रयोग गरिएको भेटिएपछि गाउँपालिकाले बिहीबार बिहानै कार्यपालिकाको बैठक राखी छानविन समिति गठन गरेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत अन्नतपाणि मरासिनीले भन्नुभयो, “उक्त बिल नक्कली हो । तर, कसले छाप्यो भन्ने पत्ता लागेको छैन । बिल सम्बन्धमा छानविन गर्न समिति गठन गरी नदीजन्य पदार्थको विषयमा प्रभावकारी अनुगमन गर्न उपाध्यक्षको नेतृत्वमा अनुगमन समिति गठन गरेका छौंँ ।”

नक्कली बिल प्रयोग गरी नदीजन्य पदार्थ बिक्री वितरण गरेको भन्ने सूचना आएपछि बिहीबार नै जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्मासहितको टोलीले पनि शुद्धोधनको विभिन्न नदीजन्य पदार्थ निकासी गरिरहेको घाटको अनुगमन गरेको छ । अनुगमनपश्चात् जिसस प्रमुख विश्वकर्माले भन्नुभयो, “बिल सम्बन्धमा यसै भन्न सकिन्न त्यो छानविनपछि थाहा हुन्छ ।”

नदीजन्य पदार्थको व्यापक चोरी निकासी भएको भन्दै स्थानीयवासीले जनगुनासो गरेपछि आफूहरुले पनि बिहीबार अनुगमन गरेको गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले बताउनुभयो । शुद्धोधन गाउँपालिकाले चालू वर्षमा रु तीन करोड ६५ लाख रकमबराबरको ६ वटा घाटको ठेक्का आह्वान गरी काम पनि अगाडि बढाएको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ३ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको