२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

नक्कली बिल प्रयोग गरेर नदीजन्य पदार्थको निकासी



रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका—२ कलुवाघाटमा नक्कली बिल प्रयोग गरेर नदीजन्य पदार्थ निकासी गरिएको पाइएको छ ।

नदीजन्य पदार्थ निकासी गर्दा नक्कली बिल प्रयोग गरेको आशङ्कामा गाउँपालिकाले छानविन शुरु भएको छ । जेठ २१ गते बुधबार लु२त ८९८९ र लु३त ३७९५ नंको ट्र्याक्टरमार्फत ढुवानी भएको नदीजन्य पदार्थको जाँच गर्दा उनीहरुले देखाएको बिल नक्कली रहेको आशङ्कामा गाउँपालिकामा उजुरी परेपछि छानविन थालिएको हो ।

बिन्दवासिनी सप्लायर्सको नाममा रहेको उक्त बिलमा ६०१७६४४१७ नंको पान नम्बर पनि उल्लेख छ । कलुवाघाटबाट पाँच हजार ५४८ घनमिटर नदीजन्य पदार्थको निकासी तथा बिक्री वितरण गर्नेगरी बिन्दवासिनी सप्लायर्सले ठेक्का पाएको छ । उक्त कम्पनीले निकासा गरेको नदीजन्य पदार्थको बिक्री वितरणमा नक्कली बिल प्रयोग गर्ने गरेको अनुमान गरिएको छ । नदीजन्य पदार्थको बिक्री वितरणमा गाउँपालिकाले प्रमाणित गरेर दिएको भन्दा अलग्गै बिल बिजक प्रयोग गरिएको भेटिएपछि गाउँपालिकाले बिहीबार बिहानै कार्यपालिकाको बैठक राखी छानविन समिति गठन गरेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत अन्नतपाणि मरासिनीले भन्नुभयो, “उक्त बिल नक्कली हो । तर, कसले छाप्यो भन्ने पत्ता लागेको छैन । बिल सम्बन्धमा छानविन गर्न समिति गठन गरी नदीजन्य पदार्थको विषयमा प्रभावकारी अनुगमन गर्न उपाध्यक्षको नेतृत्वमा अनुगमन समिति गठन गरेका छौंँ ।”

नक्कली बिल प्रयोग गरी नदीजन्य पदार्थ बिक्री वितरण गरेको भन्ने सूचना आएपछि बिहीबार नै जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्मासहितको टोलीले पनि शुद्धोधनको विभिन्न नदीजन्य पदार्थ निकासी गरिरहेको घाटको अनुगमन गरेको छ । अनुगमनपश्चात् जिसस प्रमुख विश्वकर्माले भन्नुभयो, “बिल सम्बन्धमा यसै भन्न सकिन्न त्यो छानविनपछि थाहा हुन्छ ।”

नदीजन्य पदार्थको व्यापक चोरी निकासी भएको भन्दै स्थानीयवासीले जनगुनासो गरेपछि आफूहरुले पनि बिहीबार अनुगमन गरेको गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले बताउनुभयो । शुद्धोधन गाउँपालिकाले चालू वर्षमा रु तीन करोड ६५ लाख रकमबराबरको ६ वटा घाटको ठेक्का आह्वान गरी काम पनि अगाडि बढाएको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ३ : १८ बजे

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य

निर्वाचन परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता कमजोर हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम

Pentagon says first six days of war cost $11.3bn: Report

Pentagon officials have estimated the cost of the first six

इरान युद्ध सुरु गरेको पहिलो ६ दिनमै अमेरिकाको ११ अर्ब ३० करोड डलर स्वाहा

इरान विरुद्ध युद्ध सुरु गरेको पहिलो ६ दिनमै ११ अर्ब