१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

इन्डोनेसियाका मस्जिदहरुमा प्रार्थना गर्न छुट



रासस/एपी । इन्डोनेसियाको राजधानी जकार्तामा मुस्लिम समुदायले नौ हप्तापछि पहिलो पटक मस्जिदहरुमा सामूहिक प्रार्थना गरेका छन् । कोरोनाभाइरसका कारण बन्द गरिएका मस्जिदहरु पुनः खुला गरिएको हो ।

प्रार्थनामा सहभागी हुन चाहने व्यक्तिहरुको मस्जिदको ढोकामा शरीरको तापक्रम लिनुका साथै हातमा स्यानिटाइजर लगाइएको थियो । प्रहरी र सेनाले सहभागी व्यक्तिहरुले सामाजिक दूरी कायम गरे नगरेको तथा मास्क लगाए नलगाएको अनुमगन गरेका थिए ।

प्रार्थना गर्दा आवश्यक पर्ने सरसामान आफैं ल्याउनु पर्ने तथा हात मिलाउन वा अंगालो मार्न निषेध गर्नुका साथै एक अर्काबीच कम्तीमा ३ फिटको दूरी कायम गर्न भनिएको छ ।

इन्डोनेसियामा कोरोनाभाइरसबाट हालसम्म २८ हजार ८१८ जना संक्रमित भएका र १ हजार ७२१ जनाको मृत्यु भएको छ । राष्ट्रपति जोको विडोडोले कोरोनाभाइरसबाट सुरक्षित रहँदै मुलुकको अर्थतन्त्रलाई सही ठाउँमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकारले स्वास्थ्य नियमहरुको परिपालना गराउन तीन लाख ४० हजार सुरक्षाकर्मी परिचालन गरेको छ । इन्डोनेसियामा जुलाईको अन्त्यदेखि प्रतिबन्धहरु पूर्णरुपमा हटाउने तयारी भइरहेको छ ।

प्राग– चेक गणतन्त्रले छिमेकी मुलुकहरु अस्ट्रिया, जर्मनी र हङ्गेरीबाट हुने यात्रा प्रतिबन्धहरु पूरै हटाएको छ । प्रधानमन्त्री आन्द्रेज बाबिसले तीन मुलुकमा रहेका तर कोरोनाभाइरस नेगेटिभ रहेका चेक नागरिकलाई स्वदेश फर्कन अनुमति दिइएको बताए ।

चेक गणतन्त्र र स्लोभाकियाले बिहीबार साझा सीमामा लागू सबै प्रतिबन्धहरु रद्द गरेका छन् । प्रधानमन्त्री बाबिसले सीमा खुला गरेसँगै पर्यटन र व्यापार क्षेत्रले पुनर्जीवन प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

कोरोनाभाइरस महामारीका कारण चेक गणतन्त्रको अर्थतन्त्रमा ठूलो नोक्सानी भएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ८ : ०८ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो