३२ जेष्ठ २०८१, शुक्रबार | June 14, 2024

बाजुराको क्वारेन्टाइनमा एक जनाको मृत्यु



बाजुरा । बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ को क्वारेन्टाइनमा एक जनाको मृत्यु भएको छ ।

जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको हो । शुक्रबार साँझदेखि खाना नखाएका उनको राति मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष खगेन्द्र रावतले बताउनुभयो ।

गाउँकै मष्टा आधारभूत विद्यालय बुढाबाडामा रहेको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाध्यक्ष रावतले जानकारी दिनुभयो । मृतक २५ वर्षदेखि भारतमा बस्दै आएका र यही जेठ १५ गते मात्र गाउँमा आएको वडाध्यक्ष रावतले जानकारी दिनुभयो ।

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनुभयो । मृतकको स्वाब संकलन गरी धनगढी प्रयोगशालामा पठाउने र उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने गैरेले बताउनुभयो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ११ : ०२ बजे

काठमाडौं उपत्यकामा आज दिउँसो आशिंक बदली र राति हल्का वर्षा हुने पूर्वानुमान

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने

गर्मीका कारण हेटौँडाका शैक्षिक संस्थाहरू बन्द, बिजुलीको पनि समस्या

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा पछिल्लो समय गर्मी र

बाँकेमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, स्थानीयद्वारा टिपरमा आगजनी र सडक अवरुद्ध

बाँके । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकामा गएराति टिपरले ठक्कर

नेपालगञ्जबाट काठमाडौं जादै गरेको बस त्रिशूली नदीमा खस्यो, २० जना घाइते पाँचजना गम्भीर

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान

भारी वर्षा र बाढीका कारण अमेरिकाको फ्लोरिडामा आपतकाल घोषणा

काठमाडौं । अमेरिकाको फ्लोरिडा लगातार भारी वर्षा भएपछि आपतकाल घोषणा