७ आश्विन २०८३, बुधबार | September 23, 2026

धौलागिरिमा कोरोना सङ्क्रमित सङ्ख्या ३०



बागलुङ । धौलागिरि क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । मुस्ताङबाहेक यहाँका तीनै जिल्लामा सङ्क्रमण देखिएको छ । शनिबार बागलुङ, ताराखोला गाउँपालिकाका ३९ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै कूल सङ्क्रमितको सो सङ्ख्या पुगेको हो ।

बिहीबार बागलुङमा १०, पर्वतमा चार र म्याग्दीमा एक सङ्क्रमित थपिएका थिए । त्यसअघि बागलुङका आठ, पर्वतका पाँच र म्याग्दीका एक जनामा कोरोना देखिएको थियो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म बागलुङका १९, पर्वतका नौ र म्याग्दीका दुईमा सङ्क्रमण पुष्टि भएको छ ।

तीनै जिल्लामा अहिलेसम्म पत्ता लागेका सङ्क्रमित सबै विदेशबाट आएका हुन् । यस क्षेत्रमा पहिलोपटक गत चैत १५ मा बागलुङकी १९ वर्षीया युवतीमा सङ्क्रमण देखिएको थियो । त्यसको एक सातापछि बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको थियो । दुवै जना चैत ४ मा बेल्जियमबाट आउँदा सङ्क्रमित भएका थिए । उनीहरु कोरोनामुक्त भइसकेका छन् ।

बागलुङ, पर्वत र म्याग्दीमा गरी २८ जनामा अहिले कोरोना भाइरसको सक्रिय सङ्क्रमण छ । सबै सदरमुकामस्थित अस्पतालका आइसोलेसनकक्षमा उपचाररत छन् । चिकित्सकका अनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य छ । पछिल्लो समय भारतबाट आई क्वारेन्टिनमा बसेका व्यक्तिमा कोरोना परीक्षण बढाइएसँगै सङ्क्रमित भेटिन थालेका हुन् । बागलुङमा शुरुमा भेटिएका दुई महिलाबाहेक सबै हालै भारतबाट आएका व्यक्ति हुन् ।

बागलुङमा मात्रै भारतबाट आएका एक हजार ४४९ जना क्वारेन्टिनमा छन् । उनीहरुमध्ये झण्डै ४०० जनाको कोरोना जाँच गरिएको छ । पर्वत, म्याग्दीमासमेत हालै भारतबाट आएकाहरु सयौँको सङ्ख्यामा छन् । भारतबाट आएकामध्ये कमको मात्र कारोना परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले भारतबाट आई क्वारेन्टिनमा बसेका सबैको कोरोना परीक्षण गर्ने तयारी भइरहेको बताउनुभयो ।

सङ्क्रमित बढेसँगै आइसोलेसनकक्ष थप्न स्थानीय तह जुटेका छन् । बागलुङ सदरमुकामस्थित धवलागिरि अस्पतालका आइसोलेसन श्यया सङ्क्रमितले भरिएका छन् । आज कोरोना पुष्टि भएका ताराखोलाका सङ्क्रमितलाई पनि सोही अस्पताल ल्याइँदैछ ।

धौलागिरि अस्पतालमा आइसोलेसन श्यया बढाएर २४ पु¥याइने र बाहिर ८५ श्ययाको प्रि–आइसोलेसनकक्ष बनाउने निर्णय भएको प्रमुख गुरौले बताउनुभयो । उहाँका अनुसार धवलागिरि बहुमुखी क्याम्पसमा ५०, गलकोट, कुश्मीसेरा र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा १२–१२ श्ययाको प्रिआइसोलेन कक्ष बनाइनेछ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  १ : ३८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज