११ श्रावण २०८३, सोमबार | July 27, 2026

रुकुम घटनाबारे मानवअधिकार–पत्रकार टोलीद्धारा स्थलगत अनुगमन शुरु



पश्चिम रुकुम । पचिश्म रुकुमको चौरजहारीमा भएको घटनाका बिषयमा मानवअधिकार तथा पत्रकारहरुको टोलीले प्रारम्भिक जानकारी लिन शुरु गरेको छ ।

मानव अधिकार तथा शान्ति समाजको नेतृत्वमा मानव अधिकार र पत्रकारहरुको टोली शुक्रबार रुकुम र जाजरकोटको स्थलगत अध्ययन अनुगमनमा निस्केको हो ।

शनिबार जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका प्रहरी प्रमुख डिएसपि ठग बहादुर केसीसँग घटनाका बारेमा जानकारी लिएको छ ।

डिएसपि केसीले चौरजहारी घटनाको आरोपि २५ जनालाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो । अझै दुई जना फरार रहेको र उनीहरुको खोजी भइरहेको समेत टोलीलाई जानकारी गराउनुभयो । घटना निकै संवेदनशिल भएकाले यससँग सम्बन्धित सबै पक्ष र निकायहरुसँग भेट गरि गहन अध्ययन र अनुगमन पश्चात नागरिक स्तरको प्रतिवेदन प्रस्तुत गरिने मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनालले जानकारी दिनुभयो ।

टोलीले हिरासतमा रहेका आरोपिहरुलाई समेत भेटघाट गरेको उहले बताउनुभयो । उक्त टोलीमा संविधानसभा सदस्य विनोद पहाडी, बरिष्ठ पत्रकार बालकृष्ण चापागाई, अधिवक्ता शिव गौडेल, पत्रकारहरु माधव नेपाल, विनोद परियार रहनुभएको छ ।

शनिबार नै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र स्थानीय नागरिक समाजसँग समेत भेटघाट गरेको थियो ।

टोली घटनास्थल चौरजहारी वडा न. ८ र पिडितपक्षसँग भेट्न जाजरकोट जाने तयारीमा रहेको बरिष्ठ पत्रकार बालकृष्ण चापागाईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ३ : ४३ बजे

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन

शान्ति, संयमता र सामाजिक सद्भाव कायम मन्त्री मेहताको आग्रह

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच

पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

पोखरा । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०

नागढुंगा सुरुङमार्ग उद्घाटनअघि धर्नामा बसेका स्थानीयलाई प्रहरीले हटायो

काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला स्थानीयको