२० आश्विन २०८३, मंगलबार | October 6, 2026

रुकुम पश्चिम घटना छानबिन गर्न बन्यो संसदीय समिति



काठमाडौं । रुकुम पश्चिमको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय विशेष छानबिन समिति गठन भएको छ। प्रतिपक्ष सहित सांसदहरुले दलित सांसदको संयोजकत्वमा छानवीन समिति गठन गर्न माग गरेपनि सा‌ंसद देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

पौडेलको संयोकत्वमा गठीत समितिमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव सदस्य रहेका छन् ।

कार्यविधिअनुसार समितिले ३० दिनभित्र काम सम्पन्न गरिसक्नु पर्ने समय दिईएको छ । छानबिनका क्रममा आवश्यक देखे समितिले अन्य व्यक्तिको सहयोगसमेत लिन सक्ने छ ।

चौरजहारी नगरपालिका, सोती घटना जातीय भएको भन्दै संस‌दीय विशेष समिति गठन गरी छानबिन गर्न सांसदहरुले माग गरेका थिए ।

प्रेममा परेका नवराज विकले प्रेमीका भगाउन साथीहरुसहित लिएर केटी पक्षको घर पुग्दा आक्रमणमा परि नवराज सहित ६ जनाको मृत्यु भएको थियो । भेरी नदीबाट मृत अवस्थामा गोताखोरहरुले ६ जनाको शव निकालेका थिए । आफ्ना सन्तानहरुलाई हत्या गरेर भेरीमा फालेको मृतकका आफन्तले आरोप लगाउँदै आएकाछन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ७ : ०७ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११