१४ चैत्र २०७९, मंगलबार | March 28, 2023

शनिबार देशभर ३२३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३२०० नाघ्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा ३२३ जना कोरोना संक्रमित थपिएका छन् । यी मध्ये २८६ जना पुरुष र ३७ जना महिला रहेका छन् ।
यससँगै हालसम्म संक्रमितको संख्या संख्या ३हजार २३५ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १२० जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेख र डोल्पाका ४४ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

यसैगरी भेरी अस्पताको प्रयोगशालामा गरिएको परीक्षणमा बाँके र बर्दियाका ४० जनालाई कोरोना पोजेटिभ पुष्टि भएको छ भने रुपन्देहीको भैरहवामा अवस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँची, कलिवस्तु, नवलपरासी, रुपन्देहीका १७ जनामा कोरोना पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा दैलेख र सुर्खेतका ५७ जनालाई संक्रमण देखिएको छ । यस्तै सेती अस्पताको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङ, कञ्चनपुर, अछाम र कैलालीका १३ जनालाई संक्रमण पुष्टि भएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरी र सप्तरीका ८ जना, पोखरास्थित गण्डकी प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कास्की, स्याङजा र बागलुङका १४ जना, भरतपुर अस्पतालको प्रयोगशालामा नवलपरासीका ३ जना, कोशी अस्पतालको प्रयोगशालामा सप्तरीका १ जना र विराटनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

हालसम्म ३६५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ४ : ३७ बजे

‘तिलौराकोट-कपिलबस्तु सम्पदा उत्सव’

लुुम्बिनी । प्राचिन शाक्य गणराज्यको राजधानी कपिलबस्तुका पुरातात्विक सम्पदाहरुको संरक्षण

एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा

काठमाडौं । नेकपा (एमाले) ले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका

एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली

गुल्मी । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

कांग्रेस कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सर्‍यो

काठमाडौं । मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति

आर्ट अफ लिभिङको आयोजनामा ‘रामलला की माता’ कथा

भैरहवा । मानवलाई ‘जिवन जिउने कला’ सिकाउदै अघि बढेको संस्था