२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

शनिबार देशभर ३२३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३२०० नाघ्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा ३२३ जना कोरोना संक्रमित थपिएका छन् । यी मध्ये २८६ जना पुरुष र ३७ जना महिला रहेका छन् ।
यससँगै हालसम्म संक्रमितको संख्या संख्या ३हजार २३५ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १२० जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेख र डोल्पाका ४४ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

यसैगरी भेरी अस्पताको प्रयोगशालामा गरिएको परीक्षणमा बाँके र बर्दियाका ४० जनालाई कोरोना पोजेटिभ पुष्टि भएको छ भने रुपन्देहीको भैरहवामा अवस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँची, कलिवस्तु, नवलपरासी, रुपन्देहीका १७ जनामा कोरोना पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा दैलेख र सुर्खेतका ५७ जनालाई संक्रमण देखिएको छ । यस्तै सेती अस्पताको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङ, कञ्चनपुर, अछाम र कैलालीका १३ जनालाई संक्रमण पुष्टि भएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरी र सप्तरीका ८ जना, पोखरास्थित गण्डकी प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कास्की, स्याङजा र बागलुङका १४ जना, भरतपुर अस्पतालको प्रयोगशालामा नवलपरासीका ३ जना, कोशी अस्पतालको प्रयोगशालामा सप्तरीका १ जना र विराटनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

हालसम्म ३६५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ४ : ३७ बजे

तनहुँमा १०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात

बाँकेमा महिला मतदाताको उत्साहजनक उपस्थिती (फोटोफिचर)

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु

बाँकेको खजुरामा सञ्चारकर्मीलाई फोटो खिच्न अवरोध

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु

हेलिकोप्टरबाट झापा-५ का मतदान केन्द्र घुम्ने बालेनको योजना विवादमा, आयोगले रोक लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले