२९ बैशाख २०८२, सोमबार | May 13, 2025

भर्चुअल क्लास र भर्चुअल बैठकले बजारमा स्मार्ट फोनको अभाव



काठमाडौं। लकडाउनले पसलहरु बन्द भएको र खरिद बिक्रिमा प्रतिबन्ध लगाईएको भनिएता पनि नेपालमा ब्यवसायीहरुसंग भएको स्मार्ट फोनको स्टक लकडाउनकै अवधिमा सकिएको छ ।

ठूलो संख्यमा सर्वसाधारण घरघरै बस्नु परेपछि र अधिकांस संघ संस्थाहरुको बैठक भर्चुअल हुन थालेपछि लकडानकै बिचमा स्मार्ट मोबाईलको स्टक सकिएको हो । त्यसमा पनि बजारमा २० हजारभन्दा कम मूल्यका स्मार्टफोन अभावनै भएको छ।

बिक्रेताहरूका अनुसार लकडाउन सुरू भएसँगै बजार बन्द हुँदा बिक्री हुँदैन होला भनेर थप स्टक नराखेका व्यवसायी लकडाउकै बिच धमाधम अनलाईनबाट उपभोक्ताले मोबाईल फोन मगाउन थालेपछि उनीहरुको अनुमान फेल खाएको छ ।

लकडाउन अघि निकै कम बिक्री भएर स्टकमा रहेका स्मार्ट सेट पनि बिक्रि भएर सकिएको छ । लकडाउनअघि बजारमा अनाधिकृतरूपमा बजारमा भित्र्याउनेहरूका कारण आयातकर्ता व्यवसायीलाई ठूलो टाउको दुखाइ थियो। लकडाउनका कारण उनीहरूले गर्ने क्रियाकलाप पनि बन्द भएकाले ब्यवसायीको ब्यापार बढी भएको अनुमान गरिएको छ । ।

लकडाउन लम्बिँदै जाँदा स्कुल (कलेजले भर्चुअल कक्षा थालेका छन्। व्यवसायिक संघ(संस्था, कार्यालयले पनि कर्मचारीसँग प्रत्यक्ष भेटघाट भन्दा (भर्चुअल मिटिङ) लाई प्राथमिकता दिएको छ। यस्ता कक्षा, मिटिङ र सहभागितात्मक छलफलमा भाग लिने माध्यममा मोबाइल नै सुलभ हुने गरेको छ। भर्चुहल कक्षा संचालनकै कारण विद्यार्थीका हात हातमा स्मार्टफोन चलाईरहेका छन्। लकडाउनले घरघरै थुनिएका विद्यार्थीदेखि बिभिन्न पेसा व्यवसायीका साथमा एउटा स्मार्टफोन वा ल्यापटप नभइ नहुने साधन बन्नुको असर माग र बिक्रीमा परेको हो।

लकडाउनको अवधिमा अन्तराष्ट्रिय उडान बन्द भएका कारण रहेको स्टक सकिएको र आउने बाटोहरु बन्द भएकाले अभाव भएको आईएमएसका बिक्रि महा प्रबन्धक कैलासनाथ लेयर बताउंछन् । उडान सुरु नहुंदा सम्म बजारमा अभाव कायम रहने उनको भनाई छ । प्रबन्ध लेयरले बजार को उच्चमाग इन्ट्री लेवलको स्मार्टफोनको नै भएको बताउंदै स्टकमा माल नभएकाले बजारमा अभाव देखिएको बताए ।

लकडाउन सुरु भएपछि मोबाइल आयतमै समस्या आएको उनले बताए।

यतिबेला मोबाइलका पसल र बिक्रेता कम्पनीका आउटलेट बन्द छन्। खरिद गर्न चाहनेका लागि माध्यम अनलाइनमात्रै हो।

लकडाउन खुले लगत्तै पहिलो तीन साता स्मार्टफोनको अत्यधिक माग बढ्ने बिक्रेताहरुले प्रक्षेपण गरेकाछन् ।

उता पश्चिम नेपाल मै सवौधिक स्मार्ट फोनका बिक्रेता ओली ट्रेड लिंकका संचालक चिरन्जीबी ओलीले प्रचारित गरिए जस्तो बजारमा अभाव नभएको बताए । उनले अनलाईन बिक्रि भएपनि अफलाईन ब्यापार नभएको भन्दै बन्द पसलहरुमा फोनको स्टक बांकी नै रहेको दाबी गरेकाछन् ।

बिक्रेताहरुका अनुसार बजारमा १० हजारदेखि माथि र २५ हजार रूपैयाँभन्दा कम बीचको मूल्यका स्मार्टफोनको बढी माग छ।

नेपालमा कानुनी आयात गर्ने माध्यमहरु रोकिएपछि सिमावर्ती बजारहरुमा भारतबाट अबैध मोबाईल ठूलो परिमाणमा भित्रिएको नाम बताउन नचाहने एक बिक्रेताले बताए । उनले सिमामा प्रहरीले सेटिङ मिलाएर भारतबाट मोबाईल भित्रिएको छ ।

अनलाइन क्लासका लागि कतिपयसँग ल्यापटप, ट्याबहरु थिएन। त्यसको बिकल्पमा उनीहरुले स्मार्टफोन रोजेको ब्यवसायीहरुको अनुमान छ ।

नेशनल डिष्ट्रिब्युटरसँग ठूलो स्टक नरेहको र लकडाउन अलि खुकुलो भएसंगै खुद्रा ब्यवसायको स्टक निस्कन थालेको काठमाण्डौका मोबाईल सप्लायर्सको दाबी छ । सामसुङका नेपाल आयात कर्ता दिपक मलहोत्रा समुहले चार्टर गरेर १, २ दिनमा मोबाईल भित्राउने तयारी गरेको एक ब्यवसायीक श्रोतले दाबी गरेको छ । तर मलहोत्रा समुहले त्यसको पुष्टी गरेको छैन ।

नेपालमा सामसुङ, साओमी, एप्पल, ओप्पो, भीभो र हुवावे लगायतका स्मार्टफोन प्रयोगकर्ता बर्सेनि बढेका छन्। एउटा सेट चलाएको वर्षदिनपछि नयाँ फीचर्स थपिएर आएका सेट खरिदमा प्रयोगकर्ता आकर्षित छन्। करिब एक दर्ज कम्पनीका मोबाइल फोनको बजार लगातार उतारचढावको अवस्थामा रहेको छ।

त्रिभुवन विमानस्थल भंसार कार्यालयका अनुसार गत साउनदेखि माघसम्मको सात महिनामा मात्रै १२ अर्ब ६८ करोड २ लाख ९३ हजारको आयात भएको थियो।

उक्त अवधिमा २६ लाख ८६ हजार ६ सय ४८ थान मोबाइल सेट नेपाल भित्रिएकाको तथ्यांक छ। यो तथ्यांक गत वर्षको सोही अवधिको तुलनामा २ अर्ब २ लाख रुपैयाँले बढी हो। गत आवको साउनदेखि माघ सम्ममा १० अर्ब ६६ करोड ५९ लाख ५८ हजार रूपैयाँ मूल्यका २० लाख ९८ हजार ९ सय ७७ थान मोबाइल आयात भएका थिए।

चीन, भियतनाम र भारतबाट नेपालमा मोबाइल बढी आयात हुने गरेको छ। गत आवमा चीनबाट मात्रै ६६ लाख ७२ हजार ३ सय ८७ वटा आयात भएको छ भने चालु आवका सात महिनामा १९ लाख ८६ हजार ४ सय ६७ थान मोबाइल आयात भएको रेकर्डमा छ।

चालु आवको माघसम्म भियतनामबाट १ लाख ९१ हजार थान र भारतबाट ४२ हजार ४ सय थान मोबाइल सेट आयात भएको रेकर्डमा छ। गत आर्थिक वर्ष ०७५।७६ मा त्रिभुवन विमानस्थलबाट मात्रै करिब ४१ अर्ब बढी मूल्यका मोबाइल सेट आयात भएका छन्। एक वर्षको अवधिमा ४१ अर्ब ६७ करोड ३५ लाख ३४ हजार ३ सय ९ रूपैयाँ मूल्य बराबरका ७८ लाख ६० हजार ४ सय ९४ थान मोबाइल सेट नेपाल भित्रिएको भंसारको रेकर्डमा छ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ६ : २१ बजे

पूर्वपश्चिम राजमार्गको चोरमारामा पुल भासियो, राजमार्ग पूर्ण अवरुद्ध

नवलपुर । राजमार्गको पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला

नयाँदिल्ली । सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्रीले गरे उद्घाटन

काठमाडौ । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला

रुकुमपश्चिम दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

रुकुमपश्चिम । सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा