८ कार्तिक २०८३, आइतबार | October 25, 2026

बर्दियामा हालसम्म कै धेरैलाई कोरोना संक्रमण पुष्टि



बर्दिया । बर्दिया एकै दिन हाल सम्म कै बढि कोरोना संक्रमित फेला परेका छन् । बर्दिया जिल्लाबाट भेरी अस्पतालमा परिक्षणका लागि पठाईएका स्वावहरु मध्ये एकैदिन २८ जनालाई कोरोना संक्रमण देखिएको हो ।

बर्दियाको गुलरिया नगरपालिकामा आज सबैभन्दा बढि ११ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये गुलरिया नगरपालिका वडा नं ३ का नै ९ जना रहेका छन् । त्यसैगरी राजापुर नगरपालिका र बाँसगढी नगरपालिकामा ५÷ ५ जना मधुवन, नगरपालिकामा

४ जना, बढैयाताल नगरपालिकामा ३ जनालाई संक्रमण पुष्टि भएको भेरी अस्पताल बाँकेले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका अनुसार बर्दियामा हाल सम्म ४१ जनामा कोरोना संक्रमण देखिएको छ । ४० जनाको स्वाव परिक्षणका लागि बर्दियाबाट पठाईएको थियो भने एक जनाको काठमाडौँमा नै स्वाव परिक्षण गरिएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ६ : ३२ बजे

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै

भारतमा बाँध परियोजना विरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँ दिल्ली । चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि : पर्यावरणमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा