१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कोरोना संक्रमणबाट जोगाउन भन्दै खुलेका क्वारेन्टिन नै कोरोना उत्पादनको खानी



काठमाडौं । कोरोनाको संक्रमणबाट जोगाउन भन्दै खुलेका क्वारेन्टिन नै कोरोना उत्पादनको खानी भएको भन्दै सर्वत्र विरोध भएको छ । क्वारेन्टिन जेल र गोठ जस्ता भएको भन्दै सांसदहरुले विरोध गरेका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्ने सांसदले कोरोना भाइरसको जोखिमबाट नागरिकलाई बचाउनका लागि क्वारेन्टिन व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का खिमलाल भट्टराईले क्वारेन्टिन व्यवस्थित हुन नसकेको हुँदा त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

“क्वारेन्टिन व्यवस्थित हुन सकेको छैन, पुलिसका हिरासत, जेलजस्ता भए”, सत्तापक्ष नेकपाका प्रमुख सचेतक भट्टराईले भन्नुभयो, “क्वारेन्टिन शौचालय, सामाजिक दूरी कायम गरी बस्ने व्यवस्था, पिसिआर परीक्षण, मास्क, सेनिटाइजरयुक्त हुनुपर्छ ।” उहाँले गर्मीको मौसम भएको हुँदा तराईमा झुलको व्यवस्था गर्न पनि माग गर्नुभयो ।

“क्वारेन्टिनलाई नै आइसोलेशन वार्ड बनाउनुपर्ने अवस्थामा उपचारलाई अझ ध्यान दिएर भेन्टिलेटर बढाउनु जरुरी छ”, सांसद भट्टराईले भन्नुभयो, “राहतको सन्दर्भमा सरकारले सही निर्णय गरेको छ, स्थानीय तहले राहतलाई व्यवस्थापन गर्ने कुरामा ध्यान दिइरहेको छ, भोकै मर्ने अवस्था आउनु हुँदैन ।”

उहाँले स्थानीय तहका जनप्रतिनिधिलाई मानवीय कामका लागि कसैको पनि आदेश वा निर्देशन जरुरी नपर्ने जनाउँदै क्वारेन्टिनमा बसेकाहरुका लागि भोकबाट बचाउनुपर्नेमा जोड दिनुभयो । सांसद भट्टराईले रोजगारी गुमाएर अलपत्र परेकालाई स्वदेश ल्याउने काम स्वागतयोग्य छ भन्दै तिनको उचित व्यवस्थापन गर्न सरकार चुक्न नहुने बताउनुभयो ।

उहाँले खेतीपातीको मौसम शुरु भएको हुँदा मल र बीउको समस्या हुन नदिन ध्यानाकर्षण गराउँदै दूध, तरकारी र फलफूल बजारमा पु¥याउन ध्यान दिनुपर्ने माग गर्नुभयो । सांसद भट्टराईले एसइई र दशजोड दुईको परीक्षा सम्बन्धित विद्यालयबाट दिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले गणतन्त्र, सार्वभौमसत्ता र स्वाधीनतामाथिको प्रहार रोक्न सबै लाग्नुपर्नेमा पनि जोड दिनुभयो ।

पिसिआर परीक्षण बढाउ
नेकपाकै चक्रप्रसाद स्नेहीले सुदूरपश्चिममा आरडिटी गर्दा पाँचछ सय जनामा कोरोना फैलिएको बुझिएको जनाउँदै डडेलधुरा जिल्लामा भेन्टिलेटरको व्यवस्था गर्न र आरडिटीमा विश्वसनीयता नदेखिएकाले पिसिआरलाई बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाली काँग्रेसका रमेशजंग रायमाझीले क्वारेन्टिन गाईगोठजस्तो भएको तथा मानिस दिनभरि क्वारेन्टिनमा बसेर राति घरमा बस्ने गरेको देखिएको हुँदा त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

“कोरोना ६८ जिल्लामा फैलिसकेको छ, तैपनि सरकारले सामान्य रुपमा लिएको छ, नेपाली जनतालाई बचाउनका लागि सरकारले ध्यान दिनुपर्छ”, सांसद रायमाझीले भन्नुभयो, “स्वास्थ्यकर्मीलाई पर्याप्त मात्रामा स्वास्थ्य उपकरण छैन, स्वास्थ्य सामग्रीको अभाव छ, पिपिई र मास्कमा कालो बजारी भइरहेको छ, सरकारले नागरिकको जिम्मा लिनुपर्छ ।” सांसद रायमाझीले बन्दाबन्दीका अवस्थामा सरकारलाई पैसा आवश्यक प¥यो भनेर तत्काल कर माग्न नमिल्ने बताउनुभयो ।

काँगे्रसकै तारादेवी भट्टले सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम बढ्दै गएको हुँदा क्वारेन्टिनलाई व्यवस्थित गरी पिसिआर परीक्षणको दायरा बढाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले कोरोनाबाट जनतालाई बचाउनका लागि पिसिआर परीक्षणलाई बढाउन र क्वान्टिन व्यवस्थित गर्न जरुरी भएको उहाँको भनाइ थियो । सांसद यादवले भन्नुभयो, “म आग्रह गर्छु, सरकार गम्भीर बन्नुपर्छ, रु १० अर्ब कहाँ खर्च भएको छ रु रोगले १३ जना मरे तर भोकले पनि मर्ने अवस्थामा पुगेका छौँ ।”

समाजवादी पार्टीकी प्रमिला कुमारी तथा नेकपाका रामलखन चमार, रामनारायण बिंडारी र जीवन बुढाले कोरोना भाइरस संक्रमणको जोखिमबाट बचाउन क्वारेन्टिन व्यवस्थित गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  १ : ३७ बजे

चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह