२१ माघ २०७९, शनिबार | February 5, 2023

चितवनमा महिला र बालबालिकाका लागि अलग्गै क्वारेन्टिन



चितवन । चितवन जिल्लामा पहिलो पटक महिला र बालबालिकाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरिएको छ ।

राप्ती नगरपालिका वडा नं. ६ मा रहेको भण्डारा माविमा महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरिएको हो ।

महिलामैत्री क्वारेन्टिनको सुविधा नभएको गुनासो आइरहेको समयमा राप्ति नगरपालिकाले भण्डारा माविमा ५० श्ययाको महिलामैत्री क्वारेन्टिनको व्यवस्था गरेको हो । तत्कालका लागि ३० श्ययाको क्वारेन्टिनको व्यवस्था भए पनि ५० श्यया पु¥याइने नगरपालिका प्रमुख प्रभा बरालले बताइन । बरालका अनुसार महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिन निर्माण गरी सुरक्षाका लागि महिला प्रहरीको व्यवस्थापन गरिनेछ ।

तेस्रो मुलुकका नेपाली आउने क्रम जारी रहेकाले उनीहरुको व्यवस्थापनका लागि वडाध्यक्ष जल्लु चौधरीको अध्यक्षतामा समिति गठन गरिएको छ । यस पालिकाबाट हालसम्म १२१ जना क्वारेन्टिनको समय अवधि पूरा गरेर घर फर्किएका छन् भने अहिले ५३ जना क्वारेन्टिनमा रहेका छन् । तीमध्ये १० महिला छन् । उनीहरु अहिले बसिरहेको ठाउँमा बस्ने छन् भने अब आउने महिलााई सो क्वारेन्टिनमा राखिने उहाँले बताउनुभयो ।

राप्ती नगरपालिकामा तीन स्थानमा रहेको क्वारेन्टिनमा मानिस बसिरहेका छन् भने १३ स्थानमा तयारी गरिएको छ । यस नगरपालिकामा जिल्लामा पहिलो पटक विदेशबाट आएका दुई जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १० : २९ बजे

संघीयताको विकल्प खोज्नु परिवर्तन विरोधी कार्य : मुख्यमन्त्री गिरी

भालुवाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले गलत व्याख्या र

नयाँ बानेश्वरमा बाबु छोरीको शव फेला

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा शनिबार साँझ दुई जनाको शव

रास्वपाले बोलायो आकस्मिक बैठक

काठमाडौं । गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्रीलाई दिएको २ दिनको म्याद

माओवादीले संगठन सुदृढीकरण अभियान चलाउने

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरण

रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउने महाअभियान चलिरहेको छ : भीम रावल

काठमाडौं । सत्तारूढ नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री भीम रावलले