१४ मंसिर २०८०, बिहिबार | November 30, 2023

कोरोना भाइरसबाट विश्वभर १ सय ३८ नेपालीको मृत्यु, संक्रमण दरमा भने उल्लेख्य कमी



लण्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (६ जुन २०२०) साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दर उल्लेख्य रुपमा कमी आएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५ सय ९० जना संक्रमण मुक्त भएका छन । संक्रमण दर गतसाता भन्दा ७५ प्रतिशतले कमी हो ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार सो साता कतारमा ४ जना, कुवेतमा १ जना, युकेमा १ जना गरि ६ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् । संघको पछिल्लो तथ्यांक अनुसार विभिन्न विदेशमा १ सय २५ जना गैरआवासीय नेपालीहरुको कोरोनाका कारणले निधन भएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका छन ।

१३ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्र्की, नेदरल्याण्ड, र स्वीडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।

संयोजक डा. सापकोटाका अनुसार विदेशमा मात्र १४ हजार ४ सय ५४ जना नेपालीमा संक्रमण गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन । समितिका अनुसार नेपालमा कोरोना संक्रमणको संख्या ३ हजार २ सय ३३ जना रहेका छन् भने १३ जनाको कोरोनाबाटै मृत्यु भएको छ ।

नेपाल फिर्तिलाई व्यवहारिक बनाउ
सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने कार्यको सुरुआतको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन शुरु भएकोमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको कदम स्वागत योग्य भएको बताउनु भएको छ ।

सरकारले लकडाउन भएको ७४ दिन पछि सरकारले पहिलो पटक बर्मा २६ र युएईबाट १६८ जना नेपाली फर्काएको छ । विदेशबाट नेपाल फर्किन लागेका अन्य नेपालीहरुको फिर्ति प्रक्रियालार्ई व्यवहारिक बनाउन संघले नेपाल सरकालाई आग्रह गर्ने भएको छ ।

अध्यक्ष पन्तले नेपालीको फिर्तिको लागि भोगेका समस्यका बारेमा तत्काल परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली र कोभिड १९ उच्चस्तरिय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गर्ने जानकारी दिनुभयो ।

यस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्माले विदेशमै पीसीआर टेष्टको सम्भवना न्युन रहेकाले भारत सरकारले जस्तै सामान्य स्वास्थ्य सर्टिफिकटले नेपाल जान पाउने गरि बाटो खोल्नु पर्ने बताउनुभयो ।

महासचिव डा। शर्माले विदेशस्थित नेपाली दूतावासमा समेत होल्डिङ्ग (क्याम्प) सेन्टरको आवश्यकता रहेको औँल्याउनुभयो । डा. शर्माले विदेश रहेका नेपालीहरुलाई विमानस्थल सम्म पुर्याउनका लागि दुतावास र संघको सहकार्यमा होल्डिङ्ग सेन्टर बनाउन सकिने बताउनुभयो ।

संघले विदेशमा रहेका शव नेपाल फर्काउन र आफैँ पैसा तिरेर जान नसक्ने नेपालीहरुको लागि आवश्यक सहयोगको नेपाल सरकारलाई आग्रह गर्ने बताइएको छ ।

संघले विश्वका विभिन्न मुलुकमा छरिएका नेपाली दुतावाससँग सहकार्य गर्न संघ र दुतावासबीच संयन्त्र बनाएर अगाडि बढ्न सकिने धारणा राख्दै आएको छ । यसअघि संघले नेपालीहरुको फिर्तिको लागि सहयोग गर्न आफ्ना सबै शाखालाई निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  १ : ५६ बजे

नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् ।

नेपाल सुपर लिग : साविक उपविजेता धनगढी र बुटवल लुम्बिनी फुटबल क्लब भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा आज साविक

नेकपा एमालेको ‘मध्यपहाडी लोकमार्ग अभियान’ आजबाट सुरु

काठमाडौं । नेकपा एमालेको ‘मध्यपहाडी लोकमार्ग अभियान’ आजबाट सुरु हुदैँछ

एनएसएल : ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए

काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत ललितपुर

आजको मौसम : चार प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ