३२ असार २०८३, बिहिबार | July 16, 2026

रुकुम पश्चिम घटना जातीय पनि होईन सुनियोजित पनि होईन : वरिष्ठ पत्रकार किशोर नेपाल (भिडियोसहित)



बुटवल । पश्चिम रुकुम घटनाको विषयमा स्थलगत अध्ययन गरेर फर्कनुभएका वरिष्ठ पत्रकार किशोर नेपालले रुकुम पश्चिमको घटनालाई जातीय कुरा जोडेर ब्याख्या गर्न नहुने बताउनु भएको छ ।

नेपालले विवाह पक्षपनि जातीय आधार बोकेर विवाह गर्न नगएको र आक्रमण गर्नेहरुले पनि जात हेरेर आक्रमण नगरेको बताउँदै घटनालाई जातसँग जोडेर हेर्नु गलत भएको बताउनु भयो । “घटनामा मृत्यु हुने र घाईतेहुने गैर दलित पनि छन्, जात हेरेर आक्रमण भएको छैन”, पत्रकार नेपालले खबरकुराँग भन्नु भयो । वरिष्ठ पत्रकार नेपालले रुकुम घटनालाई सुनियोजित नभएर आकस्मीक घटना भएको बताउँदै घटना जघन्य अपराधिक भने भन्न सकिने बताउनुभयो ।

राज्यले संलग्नहरुलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेकाले अनुसन्धानलाई प्रभाव पार्ने गरि कसैले टिप्पणी गर्न नहुने पत्रकार नेपालको भनाई छ । अनुसन्धानमा सक्रिय देखिएपनि राज्यले पीडितको परिवारलाई आश्वस्त पार्न नसकेको बताउँदै उहांले पीडित पक्षको संवेदनामा राज्य गम्भिर बन्न नसकेको टिप्पणी गर्नुभयो । पीडित पक्षको घाउमा मल्हम लगाउने विषयमा राज्य चुकेको पत्रकार नेपालको ठहर छ ।

नेपाल सहितको पत्रकार टोली रुकुम घटनाको स्थलगत अध्ययन गरी आइतबारै काठमाडौं फर्किएको छ ।

प्रेममा परेका नवराज विकले प्रेमीका भगाउन साथीहरुसहित लिएर केटी पक्षको घर पुग्दा आक्रमणमा परि नवराज सहित ६ जनाको मृत्यु भएको थियो । भेरी नदीबाट मृत अवस्थामा गोताखोरहरुले ६ जनाको शव निकालेका थिए । आफ्ना सन्तानहरुलाई हत्या गरेर भेरीमा फालेको मृतकका आफन्तले आरोप लगाउँदै आएकाछन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ६ : २५ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना