१६ श्रावण २०८३, शनिबार | August 2, 2026

ब्लु बुकको म्याद सकियो ? चिन्ता नगर्नुहोस् जरिवाना तिर्नु पर्दैन



काठमाडौं । के तपाईको सवारी साधनको नबिकरण सकिएको छ ? के तपाईको सवारी चालक अनुमती पत्रको म्याद नाघेको छ ? ब्लु बुकको म्याद नाघेको ३ महिना त कटेको छैन ? धेरै सावारी धनीलाई यतीबेला नबिकरणमा धेरै जरिवाना लाग्ने पिरलो लागेको पाईएको छ ।

तपाई ढुक्क हुनुभए हुन्छ । यातायात ब्यवस्था बिभागले लकडाउन अवधि सकिएको वा लकडाउन सकिएर पनि कार्यालय खुलेको १५ दिन सम्म कुनैपनि बिलम्ब शुल्क, जरिवाना नलिने निर्णय गरेको छ । सवारी साधन नविकरण गर्न पर्ने सवारी धनीहरुलाई लकडाउन भएको अवधिमा विलम्व शुल्क नलाग्ने यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

अढाई महिनादेखि लकडाउन भएको अवधिमा सवारी साधन धनीहरुले आफ्ना सवारी साधन नविकरण गर्न नपाएकालाई बिभागले जरिवाना नलिने भएको छ । लकडाउन अवधिकै बिचमा म्याद नाघेका वा त्यस अवधि भित्र तिर्न बुझाउनु पर्ने कुनैपनि शुल्कको बिलम्ब शुल्क, जरिवाना नलाग्ने यातायात व्यवस्था बिभागका महानिर्देशक गगनबहादुर हमालले बताएकाछन् ।

सरकारले लकडाउनको अवधि समाप्त गरेको १५ दिनभित्र सवारी लाग्ने विभिन्न कर तिरेमा थप कर नलाग्ने उनले बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ८ : १५ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा