५ पुस २०८२, शनिबार | December 20, 2025

ब्लु बुकको म्याद सकियो ? चिन्ता नगर्नुहोस् जरिवाना तिर्नु पर्दैन



काठमाडौं । के तपाईको सवारी साधनको नबिकरण सकिएको छ ? के तपाईको सवारी चालक अनुमती पत्रको म्याद नाघेको छ ? ब्लु बुकको म्याद नाघेको ३ महिना त कटेको छैन ? धेरै सावारी धनीलाई यतीबेला नबिकरणमा धेरै जरिवाना लाग्ने पिरलो लागेको पाईएको छ ।

तपाई ढुक्क हुनुभए हुन्छ । यातायात ब्यवस्था बिभागले लकडाउन अवधि सकिएको वा लकडाउन सकिएर पनि कार्यालय खुलेको १५ दिन सम्म कुनैपनि बिलम्ब शुल्क, जरिवाना नलिने निर्णय गरेको छ । सवारी साधन नविकरण गर्न पर्ने सवारी धनीहरुलाई लकडाउन भएको अवधिमा विलम्व शुल्क नलाग्ने यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

अढाई महिनादेखि लकडाउन भएको अवधिमा सवारी साधन धनीहरुले आफ्ना सवारी साधन नविकरण गर्न नपाएकालाई बिभागले जरिवाना नलिने भएको छ । लकडाउन अवधिकै बिचमा म्याद नाघेका वा त्यस अवधि भित्र तिर्न बुझाउनु पर्ने कुनैपनि शुल्कको बिलम्ब शुल्क, जरिवाना नलाग्ने यातायात व्यवस्था बिभागका महानिर्देशक गगनबहादुर हमालले बताएकाछन् ।

सरकारले लकडाउनको अवधि समाप्त गरेको १५ दिनभित्र सवारी लाग्ने विभिन्न कर तिरेमा थप कर नलाग्ने उनले बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ८ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको