१६ चैत्र २०७९, बिहिबार | March 30, 2023

कोरोना अपडेट : विश्वभर ४ लाख ६ हजार भन्दा बढीको मृत्यु, ७० लाख ९१ हजार भन्दा बढी संक्रमित



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ३७५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख ६ हजार १ सय ९२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ लाख १२ हजार ६८९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७० लाख ९१ हजार ६ सय ३४ पुगेको छ । ३२ लाख २४ हजार ८ सय ८१ जनाको उपचार भइरहेकोमा ५३ हजार ७सय ५३ जनाको अवस्था गम्भीर छ । ३४ लाख ६१ हजार ६१ जना मानिस उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा सोमबार बिहानसम्म १ लाख ७८ हजार ९४३ जनाको मृत्यु भएको छ । २० लाख ९४ हजार ३२४ जना संक्रमित भएकोमा १० लाख ८२ हजार १२८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३५ हजार ५३० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २२ लाख ७८ हजार ५९ पुगेको छ । त्यसमध्ये ९ लाख २५ हजार ४४७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३५ हजार २५ जनाको मृत्यु भएको छ । १३ लाख ६१ हजार २४९ जना संक्रमित भएकोमा ८ लाख २२ हजार २९६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५० हजार २२२ जनाको मृत्यु भएको छ । ११ लाख ४६ हजार ४७० जना संक्रमित भएकोमा ५ लाख ३१ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार २१५ जनाको ज्यान गएको छ भने १ लाख ९२ हजार ११८ जना संक्रमित छन् । संक्रमितमध्ये ८४ हजार ९१९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८७० जना संक्रमित भएकोमा ८ हजार २८९ जना संक्रमणमुक्त भएका छन् ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि संक्रमित हुने मानिसको संख्या ७० लाख ८२ हजार हाराहारी पुगेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  १० : ०८ बजे

शुद्धोधन गाँउपालिका-७ का वडा अध्यक्ष सहित प्रमुख कार्यकारी अधिकृत घुस सहित अख्तियारको फन्दामा

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको शुद्धोधन

एक दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुन्छ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई हप्ताभित्र गौतमबुद्ध

लोसपाले शरतसिंह भण्डारीलाई मन्त्री बनाउने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सांसद शरत सिंह भण्डारीलाई

नारायणगढ-बुटवल सडक विस्तारले गति लिँदै

काठमाडौं । लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ–बुटवल सडक विस्तारले

सुनचाँदी मुल्य : सुनको घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले घटेको