३० पुस २०८२, बुधबार | January 14, 2026

आइसोलेसन र क्वारेन्टिन भरिएपछि, कोरोना संक्रमणको त्रास बढ्यो



महोत्तरी । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ का संक्रमित हाल नेपालमा पनि दिनदिनै बढि रहेको छ । बढदो संख्या अनुसार आईसोलेशनको ब्यवस्था नहुँदा महोत्तरीमा समस्या बढेको छ ।

प्रदेश सरकारद्वारा स्थापना गरिएको जलेश्वर कोरोना अस्पतालमा ५० र नेपाली सेनाको प्रकौली स्थित रणभिम गणमा ६ आइसोलेसन कक्ष मात्र छन ।

जलेश्वर अस्पतालका आइसोलेसन कक्ष भरिभराउ भएका छन भने गणमा रहेको आइसोलेसन कक्षमा सर्व साधारणले प्रवेश नपाएको कोभिड-१९ महोत्तरीका प्रवक्ता गीरेन्द्र झाले जानकारी दिनुभयो । आइसोलेसनको क्षमता कम र संक्रमितको संख्या बढी हुँदा संक्रमितहरु क्वारेन्टिनमै बस्न बाध्य भएका छन ।

यसबाट कोरोनाको संक्रमण समुदायस्तरमा फैलने त्रास बढेकाले तुरुन्तै उचित व्यावस्था गर्नुपर्ने प्रवक्ता झाले बताउनुभयो । महोत्तरी जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ९४ पुगेको छ । जसमा ९३ पुरुष र १ महिला रहेका छन । जिल्लामा ८७ वटा क्वारेन्टाईन छन भने हालसम्म ३३४६ पुरुष र ११६ महिला गरी कूल ३४६२ जनालाई राखिएको छ ।

त्यसैगरी ८९३ जना होम क्वारिन्टिनमा रहेका छन् । हालसम्म १२०० जनाको परीक्षण गरिए पनि जम्मा ४०० जनाको मात्रै रिपोर्ट आएको छ । संकलित स्वाव तत्काल परीक्षणकालागि नपठाउन प्रदेश सरकारले परिपत्र गर्दा अवस्था जटिल बनेको कोभिड-१९ महोत्तरीका प्रवक्ता गीरेन्द्र झाले बताउनुभयो । त्यस्तै भारतबाट नेपालीहरु आउने क्रम भने जारी नै छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ११ : ३१ बजे

कांग्रेस विभाजन हुन्न : महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्य र विवेकको

रवि विरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछाने विरुद्धका रवि विरुद्ध

अभियन्ता सुमन सायमिलाई पार्टीमा भित्र्याउँदै प्रचण्डद्वारा काठमाडौं-८ को उम्मेदवार घोषणा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी

एघारौ जिल्ला स्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि एभरेष्टलाई

बुटवल । बुटवलमा सम्पन्न एघारौ जिल्ला स्तरीय अन्तर माबि एभरेष्ट

कांग्रेस विशेष महाधिवेशन : मतदान राति ८ बजेदेखि

काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनबाट नेतृत्व चयनका लागि