७ आश्विन २०८३, बुधबार | September 23, 2026

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु भएपछि अस्पतालका सबै सेवा बन्द



भक्तपुर । सुत्केरीको मृत्यु भएपछि भक्तपुर अस्पतालको सबै सेवा बन्द गरिएको छ । सुत्केरी व्यथाले च्यापेर आइतबार साँझ अस्पताल आएकी चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने महिलाको बच्चा जन्माएको करिव आधा घण्टामा मृत्यु भएपछि आज अस्पतालका सबै सेवा बन्द गरिएको हो ।

सिन्धुपाल्चोक स्थायी घर भएका ती महिला अस्पताल आउँदा रुघाखोकीको लक्षण देखिएको र श्वासप्रश्वास पनि समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ । मास्कसमेत नलगाई अस्पताल आएका ती महिलालाई स्वास्थ्यकर्मीले मास्क लगाउन अनुरोध गर्दा श्वास फेर्न गाह्रो भएकोले नलगाएको बताएको एक स्वास्थ्यकर्मीले जानकारी दिए ।

मृतक महिलाको कोरोनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको र रिपोर्ट आउन बाँकी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । महिलाको शव अस्पतालको प्रसुती वार्डमा नै राखिएको छ ।

मृतक महिलाले केएमसी अस्पताल सिनामंगलमा नियमित स्वास्थ्य जाँच गर्दै आएको बुझिएको छ । अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले मृतक महिलाले नियमितरुपमा केएमसीमा जाँच गर्दै आएको र उक्त अस्पताल हाल बन्द भएका कारण ती महिला सुत्केरी हुन भक्तपुर अस्पताल आएको बताउनुभयो ।

अस्पतालमा मेडिकल सुपरिटेण्डेन डा। सुमित्रा गौतमले मृतक महिलाको स्वास्थ्य परीक्षणको रिपार्ट आउन बाँकी रहेको र रिपोर्ट आइसकेपछि मात्र विस्तृत जानकारी दिने बताउनुभयो । अस्पताल स्रोतका अनुसार मे। सु। गौतम आफैं अहिले सेल्फ क्वारेन्टिनमा बस्नुभएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ४ : १४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई