२३ माघ २०८२, शुक्रबार | February 6, 2026

रुकुम पश्चिम घटना छानबिन गर्न बन्यो संसदीय समिति



काठमाडौं । रुकुम पश्चिमको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय विशेष छानबिन समिति गठन भएको छ। प्रतिपक्ष सहित सांसदहरुले दलित सांसदको संयोजकत्वमा छानवीन समिति गठन गर्न माग गरेपनि सा‌ंसद देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

पौडेलको संयोकत्वमा गठीत समितिमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव सदस्य रहेका छन् ।

कार्यविधिअनुसार समितिले ३० दिनभित्र काम सम्पन्न गरिसक्नु पर्ने समय दिईएको छ । छानबिनका क्रममा आवश्यक देखे समितिले अन्य व्यक्तिको सहयोगसमेत लिन सक्ने छ ।

चौरजहारी नगरपालिका, सोती घटना जातीय भएको भन्दै संस‌दीय विशेष समिति गठन गरी छानबिन गर्न सांसदहरुले माग गरेका थिए ।

प्रेममा परेका नवराज विकले प्रेमीका भगाउन साथीहरुसहित लिएर केटी पक्षको घर पुग्दा आक्रमणमा परि नवराज सहित ६ जनाको मृत्यु भएको थियो । भेरी नदीबाट मृत अवस्थामा गोताखोरहरुले ६ जनाको शव निकालेका थिए । आफ्ना सन्तानहरुलाई हत्या गरेर भेरीमा फालेको मृतकका आफन्तले आरोप लगाउँदै आएकाछन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ७ : ०७ बजे

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ

काठमाडौं । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष

वीरगञ्जमा झगडा हुँदा एक जनाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगर-१३ राधेमाईस्थित कर्बोला अगाडि मोटरसाइकल पार्किङको विषयमा

राष्ट्रियसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन)