२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

नेपाली काँग्रेसको निस्कर्ष : कोरोना नियन्त्रण गर्न सरकार पुरै असफल



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकार असफल भएको निष्कर्ष निकालेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रण गर्न सरकार पुरै असफल भएको निषकर्ष निकालेको हो ।

पर्याप्त स्वास्थ्य सामाग्री आपुर्ति गर्न नसक्नु, आपुर्ति गरिएका स्वास्थ्य सामाग्रीमा व्यापाक भ्रष्टाचार हुनु, व्यवस्थित क्वारेन्टाइन नहुनु,क्वारेन्टाइनमा रहेकाको कोरोना परीक्षण गर्न किटको अभाव हुनु लगायतले सरकारको असफलता उदांगो गरेको ठहर कांग्रेसले गरेको छ ।

सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गर्दै कांग्रेसले बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने भएको छ ।

आइसोलेसन सेन्टर संगै प्रयोगशालाहरुको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउने मानिसहरुलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसक्नु तथा राहत सामाग्रीको वितरण उचित र न्याय पुर्ण नहुनुलाई सरकारको कमजोरीको रुपमा कांग्रेसले चित्रण गरेको छ ।

केन्द्रीय सदस्य रमेश लेखकले कोभिड १९ को नियन्त्रणका निम्ति पुर्ण रुपमा असफल भएको निष्कर्ष निकाल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।

लेखकले भन्नुभयो, “अहिले लाखौ लाख मानिस क्वारेन्टाइनमा छन् तर क्वारैन्टाइन अन्त्यन्तै अव्यवस्थित छन् । क्वारेन्टाइनमा कोरोना परीक्षण गर्न किटको अभाव छ । प्रयोगशालाको गुणस्तर र संख्या वृद्धि गरिएको छैन । आइसोलेसन सेन्टरहरु उचित ढंगले व्यवस्थापन गरिएका छैनन् । अस्पतालहरुको क्षमता बढाईएको छैन । र विदेशबाट आउने मानिसहरुलाई सुरक्षित ढंगले इज्जत पुर्वक आफ्नो घर पुग्ने प्रबन्ध गरेको छैन । राहत पनि उचित र न्यायसंगत ढंगले वितरण गरिएको छैन । राहतमा पनि राजनीति गरिएको छ । अहिले जनताले देशमा सरकार भएको अनुभुति गर्न सकेका छैनन । ”

संकटको बेला पनि सरकारी राहतमा राजनीतिकरण भएको तथा लकडाउनका कारण भोकमरीले जनताको ज्यान जान थालेकाले जनताले देशमा सरकार भएको अनुभुति गर्न नसकेको निष्कर्ष कांग्रेसले निकालेको छ ।

कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्न पनि सरकारसंग माग गरेको छ । त्यसैगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र संञ्चारकर्मी लगायत कोभिड १९ विरुद्धको लडाईमा अग्रपक्तिमा रहेर काम गर्नेहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ८ : ५३ बजे

मतदानको समय सकियो, आयोगले पत्रकार सम्मेलनमार्फत समग्र अवस्थाबारे जानकारी गराउने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदानका लागि तोकिएको समय

प्रधानमन्त्रीद्वारा कतारी समकक्षीसँग टेलिफोन संवाद, नेपालीको सुरक्षाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

बागलुङ । यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन्

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मात्र मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा हालसम्म करिब ४८