२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

एमसीसीका बारेमा छलफल गर्न आज बस्ने भनिएको नेकपाको बैठक स्थगित



काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न आज बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अन्तिम चरमा आएर स्थगित भएको छ ।

संसद बैठकमा बजेटका सम्बन्धमा मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहेकाले बैठक स्थगित गर्नुपरेको नेकपाले जनाएको छ । संसदको छलफल लम्बिएकाले बैठक स्थगित गर्नु परेको पार्टीका महासचिव विष्णु पौडेलले बताए । उनले दुई अध्यक्षले नयाँ मिति तय गर्ने जानकारी दिए ।

आइतबार मात्र दुई अध्यक्ष ओली र प्रचण्ड बीच छलफलपछि सचिवालय बैठक बोलाइएको थियो ।

नेकपाभित्र एमसीसी पारित गर्न नहुने पक्षमा पल्ला भारि रहेको देखिएको छ । पार्टीले एमसीसीका सम्बन्धमा गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको थियो ।

सुरुमा एमसीसीको पक्षमा दरिलो ढंगले लागेका प्रधानमन्त्री ओली नेकपाको अघिल्लो बैठकबाट अलि पछि हटेको संकेत बुझिएको छ । अघिल्लो बैठकमा प्रधानमन्त्री लचिलो ढंगले प्रस्तुत हुंदै पार्टीमा छलफल गराएरमात्र संसदले अनुमोदन गराउन तयार भएका थिए । उनले पार्टीले एमसीसी बारेमा सहमतिका साथ निर्णय गर्ने बताएका छन् । सचिवालयको अर्को बैठकको मिति भने तोकिएको छैन ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  २ : ४४ बजे

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको

रुपन्देहीमा ६५ प्रतिशतभन्दा बढी मतदान, आजै रातीदेखि मतगणना सुरु हुने

बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही जिल्लामा बिहीबार सम्पन्न मतदानमा प्रारम्भिक

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सन्तोष प्रकट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा

निर्वाचनमा करिब साठी प्रतिशत मत खस्यो : आयोग

काठमाडौँ । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब