६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

एमसीसीका बारेमा छलफल गर्न आज बस्ने भनिएको नेकपाको बैठक स्थगित



काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न आज बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अन्तिम चरमा आएर स्थगित भएको छ ।

संसद बैठकमा बजेटका सम्बन्धमा मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहेकाले बैठक स्थगित गर्नुपरेको नेकपाले जनाएको छ । संसदको छलफल लम्बिएकाले बैठक स्थगित गर्नु परेको पार्टीका महासचिव विष्णु पौडेलले बताए । उनले दुई अध्यक्षले नयाँ मिति तय गर्ने जानकारी दिए ।

आइतबार मात्र दुई अध्यक्ष ओली र प्रचण्ड बीच छलफलपछि सचिवालय बैठक बोलाइएको थियो ।

नेकपाभित्र एमसीसी पारित गर्न नहुने पक्षमा पल्ला भारि रहेको देखिएको छ । पार्टीले एमसीसीका सम्बन्धमा गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको थियो ।

सुरुमा एमसीसीको पक्षमा दरिलो ढंगले लागेका प्रधानमन्त्री ओली नेकपाको अघिल्लो बैठकबाट अलि पछि हटेको संकेत बुझिएको छ । अघिल्लो बैठकमा प्रधानमन्त्री लचिलो ढंगले प्रस्तुत हुंदै पार्टीमा छलफल गराएरमात्र संसदले अनुमोदन गराउन तयार भएका थिए । उनले पार्टीले एमसीसी बारेमा सहमतिका साथ निर्णय गर्ने बताएका छन् । सचिवालयको अर्को बैठकको मिति भने तोकिएको छैन ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  २ : ४४ बजे

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा