४ श्रावण २०८३, सोमबार | July 21, 2026

कैलालीको टिकापुरमा एकै रात तीन किशोरी बलत्कृत, बलात्कारको अभियोगमा ४ पक्राउ



कैलाली । सरकारको लकडाउन जारी रहेकै बेला कैलालीको टिकापुरमा एकै रातमा १५ वर्ष मुनिका ३ जना किशोरीमाथि बलात्कार भएको छ ।

राति एक बजेको समयमा टीकापुर नगरपालिका–१ स्थित रानी कुलोको किनारमा तीन किशोरीमाथि जबर्जस्ती करणी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटना भएको १ दिन पछि प्रहरीले बलात्कारको आरोपमा ४ जनालाई पक्राउ परेका छन् । कैलालीको टीकापुर नगरपालिकाका १९ बर्षीय डम्बर ठकुल्ला १८ बर्षीय सन्दिप ठकुल्ला, २१ बर्षीय दीपक बुढा, र २० बर्षीय दीपक ठकुल्लालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।
बलात्कार गरी फरार भएका चार जना पक्राउ गरिएको र अन्य फरार अभियुक्तहरुको खोजी कार्य भइरहेको डिएसपी विष्टले बताए ।

विष्टका अनुसार तीन किशोरीमा जवर्जस्ती करणी गरी फरार भएका चार जनालाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेको हो ।पक्राउ परेकालाई जिल्ला अदालतबाट ७ दिनको म्यादथप गरी थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ८ : ४२ बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा