५ पुस २०८२, शनिबार | December 20, 2025

पाकिस्तानका सेना प्रमुख बाजवा अफगानिस्तान भ्रमणमा



अफगानिस्तानको शान्ति प्रक्रिया संकटमा पर्दैगरेको समयमा पाकिस्तानका सेना प्रमुख कोमार जाभेद बाजवाले छिमेकी अफगानिस्तानको अर्थपूर्ण भ्रमण गरेका छन् ।

अफगानिस्तान भ्रमणमा रहेका पाकिस्तानका सेना प्रमुखले मंगलबार अफगानिस्तानका राष्ट्रपति असरफ घानी र राष्ट्रिय पुनर्निर्माणका लागि उच्च आयोग अध्यक्ष अब्दुल्ला अब्दुलासँग भेट गरेका छन् ।

भेटमा पाकिस्तान र अफगानिस्तानको सम्बन्ध थप सुदृढ गराउनेबारे छलफल भएको छ । यसैगरी, छिमेकी देशहरूमा बढ्दै गरेको भारतीय हस्तक्षेपबारे छलफल भएको पाकिस्तानी संचारमाध्यमले जनाएका छन् ।

अमेरिका र तालिवानबीच भएको शान्ति सम्झौता भंग हुन नदिन बाजवाले अफगानिस्तानका नेताहरूलाई आग्रह गरेका छन् । बाजवाको साथमा आईएसआई प्रमुख लेफ्टिनेन्ट जनरल फैयज अहमद र अफगानिस्तानकालागि पाकिस्तानका विशेष प्रतिनिधि मोहम्मेमद सिद्दिकी छन् । आफ्ना मुख्य सहयोगीसँग सेनाप्रमुखको अफगानिस्तान भ्रमण अर्थपूर्ण रहेको छ ।

केहि महिना अघि कतारमा भएको शान्ति सम्झौता गराउन पाकिस्तानले भूमिका खेलेको थियो ।

तर, भारतले अफगानिस्तानको शान्तिसम्झौता भंग गराएर यस क्षेत्रमै अस्थिरता बनाइरहन चाहेको पाकिस्तानको आरोप छ ।

कावुलसँग भने पाकिस्तानको राम्रो सम्बन्ध रहेको छैन । तालिवानलाई सहयोग गरेको कावुलले आरोप लगाउँदै आएको छ ।
– एजेन्सी

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  १० : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको