२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

भरतपुर कोरोना अस्पतालमा भएको अनियमितता र चोरीका विषयमा तीन जनाविरुद्ध प्रहरीमा जाहेरी



चितवन । भरतपुुर महानगरपालिकाको अगुवाइमा स्थापना गरिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा भएको अनियमितता र चोरीका विषयमा प्रहरीमा जाहेरी दर्ता भएको छ ।

महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित उपप्रमुखसहित वडाध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यका तर्फबाट तीन वडाध्यक्षले किटानी जाहेरीसहित उजुरी दर्ता गरेका हुन् ।

अस्पतालमा भएको चोरीका विषयमा निष्पक्ष छानबिन गर्न उनीहरुले महानगर प्रमुखसँग माग गर्दै आएका थिए । कोरोना अस्पतालको स्टोरबाट सामान बोकेर बाहिरिँदै गरेको सीसीटिभी फूटेज बाहिरिएपछि उनीहरुमाथि कारवाहीको माग जनप्रतिनिधिले गर्दै आएका थिए ।

फूटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले अस्पतालमा छापा मारेर कागजात लगेको छ ।

आफूहरुको माग सुनुवाइ नभएको भन्दै जनप्रतिनिधिका तर्फबाट वडाध्यक्ष चित्रसेन अधिकारी, चन्द्रमित्र पण्डित र दामोदर न्यौपानेले सामूहिक रुपमा उजुरी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ६ : ०० बजे

बाँकेमा किरियापुत्रीद्वारा मतदान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौं । छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

प्रधानमन्त्रीद्वारा कतारी समकक्षीसँग टेलिफोन संवाद, नेपालीको सुरक्षाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

बागलुङ । यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन्

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मात्र मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत