१५ चैत्र २०७९, बुधबार | March 29, 2023

भरतपुर कोरोना अस्पतालमा भएको अनियमितता र चोरीका विषयमा तीन जनाविरुद्ध प्रहरीमा जाहेरी



चितवन । भरतपुुर महानगरपालिकाको अगुवाइमा स्थापना गरिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा भएको अनियमितता र चोरीका विषयमा प्रहरीमा जाहेरी दर्ता भएको छ ।

महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित उपप्रमुखसहित वडाध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यका तर्फबाट तीन वडाध्यक्षले किटानी जाहेरीसहित उजुरी दर्ता गरेका हुन् ।

अस्पतालमा भएको चोरीका विषयमा निष्पक्ष छानबिन गर्न उनीहरुले महानगर प्रमुखसँग माग गर्दै आएका थिए । कोरोना अस्पतालको स्टोरबाट सामान बोकेर बाहिरिँदै गरेको सीसीटिभी फूटेज बाहिरिएपछि उनीहरुमाथि कारवाहीको माग जनप्रतिनिधिले गर्दै आएका थिए ।

फूटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले अस्पतालमा छापा मारेर कागजात लगेको छ ।

आफूहरुको माग सुनुवाइ नभएको भन्दै जनप्रतिनिधिका तर्फबाट वडाध्यक्ष चित्रसेन अधिकारी, चन्द्रमित्र पण्डित र दामोदर न्यौपानेले सामूहिक रुपमा उजुरी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ६ : ०० बजे

बालुवाटारमा सत्ता गठबन्धन बैठक सुरु, सरकारको न्युनतम साझा कार्यक्रम मुख्य एजेण्डा

काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई

आज चैते दशैं, यस्तो छ चैते दशैंको धार्मिक महिमा

काठमाडौं । आज हिन्दुहरुको दोस्रो दशैंकारुपमा चैते दशैं पर्व मनाइँदै

बसाइँसराइले रित्तिँदै जैमिनीका गाउँ

बलेवा । दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई

पर्वतका दीर्घरोगी सरकारी राहतबाट बञ्चित

कुश्मा । सरकारले दीर्घरोगीलाई रु पाँच हजार राहत दिने निर्णय

मानव बेचबिखनमा नेपालगन्ज नाका बदनाम

नेपालगन्ज । नाकामा आधा दर्जनबढी संघ/संस्थाहरुले चेकजाँच गर्ने गरेको भएपनि