११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

कोरोना भाइरसको प्रतिरोध गर्न जिम र फिटनेश खुल्ला गर्नुपर्ने माग



काठमाडौं । कोरोना भाइरससंग प्रतिरोध गर्न नेपालमा बन्द रहेका फिटनेश र जिमखानाहरु संचालन गर्नु पर्ने सरोकारवालाहरुले माग गरेकाछन् ।

जिमखाना संचालकहरुले काठमाडौ जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउंदै मानव स्वास्थ्यलाई तन्दुरुस्त र स्वस्थ राख्न अति आवश्यक फिटनेश र जिमखाना बन्द गरिनु उपुयुक्त नभएको बताएकाछन् । उनीहरुले प्रशासनमा बुझाएको ज्ञापनपत्रमा कोरोना भाइरस बिरुद्धको कुनै खोप वा औषधी ननिस्केको अवस्थामा डब्लुएचओ र नेपालका विषेशज्ञहरुको सुझाव अनुसार मानव शरिरका प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन आवश्यक रहेको भन्दै त्यसका लागि जिम, फिटनेश सेण्टर खुल्न आवश्यक रहेको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा बिज्ञहरुले पनि उचित खानपानका साथै दैनिक व्यायाममा जोड दिएको बताउंदै बन्द रहेको जिम तथा फिटनेस सेन्टर यथाशिघ्र छिटो खोल्नु जरुरी रहेको लेखिएको छ ।

संसारभरका विज्ञहरुले यो महामारी छिटै नसकिने भएकोले डब्लुएचओको निर्देशनअनुसार सम्पूर्ण मापदण्डहरु पूरा गरेर सावधानीपूर्वक जनजीवन सहजीकरण तर्फ लैजानु पर्छ भनि सुझाएको अवस्थामा लकडाउनको नाममा त्यस्ता स्थानहरु बन्द गर्न नहुने जिम संचालकहरुको माग छ् ।

काठमाडौं जिल्लामा हाल करिब २०० वटा जति जिमहरु रहेका छन् । जसमा अरब भन्दा बढी लगानी भएको भएको छ । हाल बन्दका कारणले जिम संचालकहरुले कर्मचारीहरुलाई तलब, घरभाडा, बैंक ब्याज, बिजुलीको महशुल र नेपाल सरकारलाई बुझाउनुपर्ने कर बुझाउन नसक्ने स्थितिमा पुगेको ज्ञापनपत्रमा उल्लेख छ ।

जिम संचालकहरुले जिम बन्दको असर हजारौं बिरामी नागरिकहरुमा समेत परेको दाबी गर्दै बन्दका कारण प्रेसर, सुगर, फिजियो थेरापी गर्नुपर्ने, नसा सम्बन्धि रोग, डिप्रेसनका बिरामीहरुलाई नकारात्मक असर परेको दाबी गरेकाछन् । उनीहरुले सरकारले तोकेको मापदण्ड अनुसार सामाजिक दुरी कायम गरेर संचालन गर्न संचालकहरु तयार रहेको समेत ज्ञापनपत्रमा उल्लेख गरेकाछन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  १० : ०० बजे

पोखरा महानगरको योजना : फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

कास्की । पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केखोलाको अतिक्रमण

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई

रौतहटमा बाघ गणना जारी

रौतहट । बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने