५ श्रावण २०८३, मंगलबार | July 22, 2026

सिमामा आउने-जानेको चाप बढयो



बुटवल । नेपाल–भारतका खुल्ला सिमा ब्यवस्थापन गर्ने सरकारी रणनीति अनुसार आधिकारिक सिमाबाट नेपाल आउने र जानेक्रम बढेको छ ।

पछिल्लो पटक लकडाउन ब्यवस्थित र खुकुलो बनिरहँदा नेपालीहरु आउने र भारतीयहरु जाने क्रम बढेको हो । प्रदेशको कोरोना संकट ब्यबस्थापन समितिको केही दिअघिको बैठकले हरेक जिल्लामा एक मात्र सिमाबाट आउने जाने ब्यवस्था गर्ने निर्णय गरेको थियो ।

चार सयभन्दा धेरै किलोमिटर खुल्ला सिमा रहेको यो प्रदेशमा अबैध किसिमले आउने जाने क्रम तीब्र बनेको थियो । जसका कारण कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

प्रदेश ५ का रुपन्देही, बाँके, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा सिमानामा आउने र जाने दुवै बढेका हुन । भैरहवा समाचारदाताका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बेलहिया नाकाबाट दैनिक करिव दुई हजारको संख्यामा नेपाली र भारतीय नागरिक स्वदेश फर्किरहेका छन् ।

अहिले सीमामा नेपाली भन्दा भारतीयको चाप बढी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले बताउनुभयो । भारतले दैनिकजसो आफ्ना नागरिक भित्र्याउन थालेपछि नेपालमा रहेका भारतीय मजदूर सीमामा पुग्दा चाप बढ्ने गरेको छ ।

भारत सरकारले उत्तर प्रदेशका नागरिकलाई बेलहिया नाकाबाट स्वदेश फर्किने अनुमति दिएपछि नाकामा भारतीय नागरिकको चाप बढेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ६ : ३९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं