१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सलहको खतरा तत्कालका लागि टरेको कार्यदलको सुझाव



काठमाडौं । भारतबाट नेपालमा छिर्ने भनिएको सलह कीराको खतरा तत्कालका लागि टरेको कार्यदलले सुझाव दिएको छ ।

भारत हुँदै नेपालको पश्चिमी सीमाबाट सलह कीरा छिर्ने सम्भावना देखिएको हुनाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गठन गरेको प्राविधिक कार्यदलले बुझाएको प्रतिवेदनमा सो सुझाव उल्लेख छ । मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सलह कीराका लागि प्रतिकूल मौसम सुरु भएकाले नेपालमा तत्काल यसको प्रवेश नहुने निष्कर्ष निकालेको छ ।

सलह कीराको नेपाल प्रवेशबारे अध्ययन गर्न मन्त्रालयले गठन गरेको कार्यदलका संयोजक तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार नेपालमा मनसुनी वर्षा सुरु भएको हुनाले तत्काल सलह कीरा नेपाल प्रवेश गर्न सक्दैन । केन्द्रका प्रमुख हुमागाईंले मनसुनी वर्षाका कारण सलह कीराको बथान सानासाना टुक्रामा विभाजित भएको र हावाको बेग पूर्वबाट पश्चिमतिर भएको हुनाले पनि भारतबाट पश्चिम सीमाबाट नेपाल भित्रिने सम्भावना निकै न्यून रहेको बताउनुभयो ।

कार्यदलले यसका बारेमा थप अध्ययन गर्नका लागि संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) सँग पनि सुझाव माग गरेको थियो । एफएओले यसका बारेमा पटकपटक अध्ययन गरेको छ । एफएओले पनि आफ्नो अध्ययनमार्फत नेपालमा तत्काल सलह कीरा नआउने जानकारी गराएको प्रमुख हुमागाईले जानकारी दिनुभयो ।

कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीको कार्यदलले अध्ययन गरेको प्रतिवेदनअनुसार नेपालमा तत्कालै सलह कीरा आउने सम्भावना नरहे पनि यसबाट सतर्क रहन आवश्यकता रहेको बताउनुभयो ।

नेपालमा हुने सलह कीराको सम्भावित खतराको मध्यनजर गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले त्यसको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न एक कार्यदल (प्राविधिक समिति) गठन गरेको थियो । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ६ : ४६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम