१० भदौ २०८३, बुधबार | August 26, 2026

५ वर्ष वनमा अड्केको फाइल बल्ल खुल्यो, सरकारबाट लुम्बिनी प्रादेशिक अस्पताललाई वनको जग्गा प्रदान



काठमाण्डौ । भौतिक पुर्वाधारको अभावमा पर्याप्त बिकास गर्न असहज भएको बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई सरकारले ढुक्क भएर भौतिक बिस्तार गर्न बाटो फुकाईदिएको छ ।

लुम्विनी प्रादेशिक अस्पताल देखि दक्षिण तर्फ रहेको १ बिगाह ६ कट्ठा जग्गा अस्पतालको पुर्वाधार बिस्तारका लागि उपलब्ध गराउने मन्त्रिपरिषदले निर्णय गरेपछि अस्पताल बिस्तारका लागि मार्ग प्रसस्त भएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले अस्पतालको भौतिक पुर्वाधार बिस्तारका लागि नेपाल सरकार बन मन्त्रालय बन कार्यालयको नाममा रहेको जग्गा अस्पताललाई दिने निर्णय गरेको थियो ।

सत्तारुट नेपाल कम्युनिष्ट पार्टि नेकपाका महासचिव एवं प्रतिनिधी सभा सदस्य बिष्णु पौडेलको पहलमा मन्त्रिपरिषदले जग्गा उपलब्ध गराएको बताईएको छ । सरकारको उक्त निर्णयबारे आज अपरान्ह हुने नियमित पत्रकार सम्मेलनमा जानकारी गराउने बैठकमा सहभागि एक मन्त्रीले बताए ।

सरकारले जग्गा उपलब्ध गराउने निर्णय गरे संगै लामो समयदेखि अवरुद्ध अस्पतालको पुर्वाधार बिकास कार्य अगाडी बढाउन सहज हुने भएको छ ।

प्रदेश सरकारको योजना अनुसार अस्पतालले करिव ८ अर्व हाराहारीको लागतमा अत्याधुनीक सुबिधा सम्पन्न भवन निर्माण गर्ने गुरुयोजना सार्वजनिक गरि सकेको छ ।

मन्त्रिपरिषदको निर्णय अनुसार लुम्विनी प्रादेशिक अस्पतालका लागि उक्त बन कार्यालयको जग्गा लिए बापत बुटवल उप महानगरपालिकाले सोही क्षेत्रफल बमोजिमको जग्गा अन्य क्षेत्रमा बन कार्यालयका उपलब्ध गराउने छ ।

लुम्विनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले २०७२ सालदेखि अड्केको फायलको प्रक्रिया अगाडी बढाएर अस्पतालको नाममा जग्गा प्राप्त हुनु खुसीको करा भएको बताए । उनले ५ बर्ष देखि बन मन्त्रालयमा अड्केको फायल पुर्व अर्थमन्त्री बिष्णु पौडेलको पहलमा अगाडी बढेको बताउंदै अस्पतालको बृहत्तर बिकासकालागि पौडेल सहित मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश सरकारबाट पनि बिशेष सक्रिय पहलकदमी भएको बताए ।

२०७२ सालमा अस्पताल बिकास समितीको अध्यक्ष डाक्टर प्रायश्चित श्रेष्ठ र मेसुमा डां खनालको कार्यकालमा बनको जग्गा प्राप्तीका लागि नेपाल सरकारमा प्रस्ताव पेश भएको थियो ।

मन्त्रिपरिषदको निर्णयले अस्पतालको अत्याधुनिक भवन निर्माणका लागि प्रक्रिया अगाडी बढाउन मार्ग प्रसस्त भएको डाक्टर खनालले बताए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ८ : ५१ बजे

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

विद्युत् चुहावटबाट आगलागी हुँदा ओखलढुङ्गामा दुई घर जलेर नष्ट

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका-४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ