३ पुस २०८२, बिहिबार | December 19, 2025

५ वर्ष वनमा अड्केको फाइल बल्ल खुल्यो, सरकारबाट लुम्बिनी प्रादेशिक अस्पताललाई वनको जग्गा प्रदान



काठमाण्डौ । भौतिक पुर्वाधारको अभावमा पर्याप्त बिकास गर्न असहज भएको बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई सरकारले ढुक्क भएर भौतिक बिस्तार गर्न बाटो फुकाईदिएको छ ।

लुम्विनी प्रादेशिक अस्पताल देखि दक्षिण तर्फ रहेको १ बिगाह ६ कट्ठा जग्गा अस्पतालको पुर्वाधार बिस्तारका लागि उपलब्ध गराउने मन्त्रिपरिषदले निर्णय गरेपछि अस्पताल बिस्तारका लागि मार्ग प्रसस्त भएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले अस्पतालको भौतिक पुर्वाधार बिस्तारका लागि नेपाल सरकार बन मन्त्रालय बन कार्यालयको नाममा रहेको जग्गा अस्पताललाई दिने निर्णय गरेको थियो ।

सत्तारुट नेपाल कम्युनिष्ट पार्टि नेकपाका महासचिव एवं प्रतिनिधी सभा सदस्य बिष्णु पौडेलको पहलमा मन्त्रिपरिषदले जग्गा उपलब्ध गराएको बताईएको छ । सरकारको उक्त निर्णयबारे आज अपरान्ह हुने नियमित पत्रकार सम्मेलनमा जानकारी गराउने बैठकमा सहभागि एक मन्त्रीले बताए ।

सरकारले जग्गा उपलब्ध गराउने निर्णय गरे संगै लामो समयदेखि अवरुद्ध अस्पतालको पुर्वाधार बिकास कार्य अगाडी बढाउन सहज हुने भएको छ ।

प्रदेश सरकारको योजना अनुसार अस्पतालले करिव ८ अर्व हाराहारीको लागतमा अत्याधुनीक सुबिधा सम्पन्न भवन निर्माण गर्ने गुरुयोजना सार्वजनिक गरि सकेको छ ।

मन्त्रिपरिषदको निर्णय अनुसार लुम्विनी प्रादेशिक अस्पतालका लागि उक्त बन कार्यालयको जग्गा लिए बापत बुटवल उप महानगरपालिकाले सोही क्षेत्रफल बमोजिमको जग्गा अन्य क्षेत्रमा बन कार्यालयका उपलब्ध गराउने छ ।

लुम्विनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले २०७२ सालदेखि अड्केको फायलको प्रक्रिया अगाडी बढाएर अस्पतालको नाममा जग्गा प्राप्त हुनु खुसीको करा भएको बताए । उनले ५ बर्ष देखि बन मन्त्रालयमा अड्केको फायल पुर्व अर्थमन्त्री बिष्णु पौडेलको पहलमा अगाडी बढेको बताउंदै अस्पतालको बृहत्तर बिकासकालागि पौडेल सहित मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश सरकारबाट पनि बिशेष सक्रिय पहलकदमी भएको बताए ।

२०७२ सालमा अस्पताल बिकास समितीको अध्यक्ष डाक्टर प्रायश्चित श्रेष्ठ र मेसुमा डां खनालको कार्यकालमा बनको जग्गा प्राप्तीका लागि नेपाल सरकारमा प्रस्ताव पेश भएको थियो ।

मन्त्रिपरिषदको निर्णयले अस्पतालको अत्याधुनिक भवन निर्माणका लागि प्रक्रिया अगाडी बढाउन मार्ग प्रसस्त भएको डाक्टर खनालले बताए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ८ : ५१ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको