४ पुस २०८२, शुक्रबार | December 19, 2025

कुवेतबाट उद्दार गरिएका नेपाली यसरी स्वदेश फर्किए



काठमाडौं । विदेशमा रहेका नेपाली उद्धार गर्ने क्रममा आज कुवेतबाट आएको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

कुवेतबाट आउने दुई जहाजमध्ये जजिरा एयरवेजको ए–३२० न्यारोबडी जहाज काठमाडौं आएको हो। जहाजमा कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिला सहित १६१ जना यात्रु रहेका छन् । अर्को जहाज आजै दिउँसो आइपुग्ने तालिका रहेको छ । आज नेपाल आइपुगेका सबैलाई कुवेतले नै ल्याइदिएको हो ।

उनीहरुलाई विमानस्थलभित्रको काम सकिएपछि नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टरमा राखिनेछ । त्यसपछि आफ्नै खर्चमा होटल क्वारेन्टिमा बस्नेहरुलाई होटलमा र घर फर्किनेहरुलाई सम्बन्धित तहको समन्वयमा घर पठाइनेछ । तर उनीहरु घरमा भने बस्न पाउनेछैनन् । सरकाले तोकेको क्वारेन्टिनमा अनिवार्य १४ दिन बस्नैपर्नेछ ।

आफनो देशमा रहेका अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा राखिएका नेपालीलाई आफ्नै खर्चमा दैनिक दुइटा विमानमार्फत नेपाल पठाउने कुवेतले नेपालसमक्ष प्रस्ताव राखेको थियो। त्यसैअनुसार नेपाली नागरिकलाई ल्याउन थालिएको हो । कुवेतको अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा २ हजार ९ सय ९१ नेपाली छन्। तीमध्ये १ हजार ६ सय ८८ पुरुष र १ हजार ३ सय ३ महिला छन्।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  १२ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको