१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

रुकुम (पश्चिम) चौरजहारी घटना : अध्ययन प्रतिवेदनको निस्कर्ष,– जातीय विभेदबाट सिर्जित क्रुर अपराध



बुटवल । रुकुम (पश्चिम) चौरजहारीको घटना जातीय विभेदबाट सिर्जित घटना भएकोे प्रतिवेदन सार्वजनिक भएको छ ।

मानव अधिकार तथा शान्ति समाजको नेतृत्वमा नागरिक तहको मानवअधिकारकर्मी र पत्रकारहरुको एक अध्ययन अनुगमन टोलीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको प्रतिवेदनले अन्तरजातीय प्रेमलाई परिवारले अस्विकार गरेकै कारण परिवार, जनप्रतिनिधि र सिंगो गाउँ नै आक्रमणमा उत्रेको ठहर गरेको छ ।

जेठ १० गते जाजरकोट भेरी नगरपालिका वडा नं. ४ रानागाउँका नवराज विकलाई रुकुम पश्चिम चौरजहारीका सुष्मामार्फत गाउँमा निम्तो दिई निश्चित व्यक्तिहरुको योजनामा क्रुर र बर्बरतापूर्ण तवरले सामूहिक हत्या भएको र अन्यलाई कुटपिट गरिएको प्रतिवेदनमा उल्लेख छ ।

आक्रमणबाट नवराज सहित टिकाराम नेपाली , गणेश बुढामगर, लोकेन्द्र सुनार, सञ्जु विक र गोविन्द शाहीको शव भेरी नदीमा क्षतविक्षत अवस्थामा भेटिएको थियो । पत्रकार सम्मेलनमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले स्थलगत अध्ययन अवलोकन र अनुगमनबाट प्रशासन, जनप्रतिनिधि, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मीवीच घटनाबारे छलफल अन्तरक्रिया गर्दा, घटना जातीय भेदभाव छुवाछुत जस्तो अमानवीय कुप्रथाबाटै भएको बताए ।

सोती गाउँमा सुष्माकोे घर नजिक पुगेका यूवाहरुलाई देख्नेवित्तिकै आमा प्रकाशी मल्लले जातीय रुपमा अपमान गरी गाली गलौज गरेकी थिईन । त्यसपछि यूवाहरु विनोद मल्लबारे जानकारी लिएर गीत गाउँदै जाजरकोट तर्फ फर्किरहेका बेला घरेलु हतियार सहित ढुंगा मुढा हान्दै चौतर्फी आक्रमण भएको देखिएको खनालले बताए।

प्रत्यक्षदर्शी तथा घाईते सुदीप खड्काका अनुसार ज्यान बचाउने कुनै उपाय नभएपछि भेरीमा १० जना हाम फालेका थिए । नवराज र अन्य ५ जनालाई भेरी किनार नपुग्दै कुटपिट गरेको दखिन्छ । प्रहरी नपुगेको भए आफूहरुलाइए पनि भिडले मार्ने थियो भन्ने भनाई घाईतेहरुको रहेको प्रतिवेदनमा भनिएको छ ।

लकडाउन उल्लघन गरेर यूवाहरु गाउँ पसेको भन्दै चौरजहारी नपा वडा न। ८ का वडाअध्यक्षले प्रहरीलाई खबर गरेको तर घटनास्थलमा आउदा भने कुटपिट भइरहेको अध्ययन अनुगमन टोलीको भनाई छ ।‘स्थानीय प्रत्यक्षदर्शीका अनुसार निहत्था यूवाहरुमाथि एकोहोरो कुटपिट भएको थियो ।

त्यतिबेला कुटपिट नगर्न अनुरोध गर्दै चिच्चाउदा पनि गाउँलेहरुले लेख्ेटन छाडेनन् । युवाहरुले कुनै प्रतिवाद गरेको देखिदैन । गाउँलेहरु कोही पनि घाईते भएका छैनन’ प्रतिवेदनमा उल्लेख छ । कुनै प्रतिवाद नगरी घर फर्कन बाटो लागिसकेका यूवाहरुलाई गाउँमा शान्तिपूर्ण रुपमा छलफल गर्न सक्ने आधार हुँदा हुँदै वडाअध्यक्ष जस्तो जिम्मेवार जनप्रतिनिधिको नेतृत्वमा एकतर्फी साघांतिक आक्रमण र हत्या गरी भेरीमा फालेको देखिएको टोलीले जनाएको छ ।

‘घटनामा नवराजसँगै गैरदलित समुदायका यूवाहरु गोविन्द शाही र गणेश बुढामगर मगरको समेत क्रुरता पूर्वक हत्या गर्नुमा दलित नवराजलाई साथ दिएको कारण नीजहरुलाई पनि कुटपीट गरीहत्या गरिएको देखिन्छ’ अध्ययन प्रतिवेदनको निस्कर्ष रहेको छ ।

आक्रमणकारीले एकोहोरो रुपमा ति यूवाहरुमाथि धारिता हतियार, तिखा ढुंगाहरुले प्रहार गर्दै माथिबाट तल भेरी नदी तर्फ लखेट्दै र आक्रमणकारीले निर्ममता पूर्वक ढुंगाले टाउको, मुखमा हिर्काएकोरथिचेको तथ्यले प्रमाणित गरेको भनिएको छ ।

घटनाको स्थलगत अध्ययन र अनुगमनले जातीय विभेदबाट सृजित भएर ६ जना यूवाहरुको हत्या हुँदा पनि जनप्रतिनिधि, राजनीतिक दल र सचेत तप्का समेत मौन रहनु निकै रहस्यमय देखिएको संविधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले दाबी गरे । पहाडीले रुकुम पश्चिमको घटना निकै भयावह र कहालिलाग्दो भएकाले यो मानवता विरुद्धको अपराधका रुपमा कारवाही गर्नुपर्ने माग गरे । उहाले उनले प्रदेश सरकार, सांसद र जनप्रतिनिधिहरुले घटनामा संवेदना समेत दिन चुकेको बताउनुभयो ।

बरिष्ठ पत्रकार अधिवक्ता बालकृष्ण चापागाइले सोती घटना अन्तरजातीय प्रेमलाई गैरदलित अभिभावकले अस्विकार गरेकै कारण सृजित भएकोमा कुनै शंका नै नरहेको जिकिर गरे । चापागाईंले नवराजलाई साथ दिदा दुई जना गैरदलित यूवाले समेत ज्यान गुमाएकाले ६ जनालाई नै सामाजिक सहिद घोषणा गर्नुपर्ने सुझाव दिए ।

कानुनी सर्वोच्चता, विधिको शासन, न्याय र समानता कायम गरी संविधानमा उल्लेखित मौलीक हकलाइ कार्यान्वयन गर्न तथा घटनाका पिडित परिवारलाई न्याय, राहत, क्षतिपूर्ती र घाईतेहरुको उपचारको सम्पूर्ण प्रवन्ध गर्न सरकारको ध्यानआर्कषण समेत गराएको छ ।

उक्त अध्ययन अनुगमन टोलीमा एडभोकेसी फोरमका अधिवक्ता शिव गौडेल, बरिष्ठ पत्रकार माधव नेपाल, पत्रकार विनोद परियारको सहभागिता थियो ।टोलीले जेठ २३ गतेदेखि २७ गतेसम्म रुकुम (पश्चिम) र जाजरकोटमा पुगेर स्थलगत रुपमा घटनास्थल, पिडित परिवार तथा अन्य सरोकारवालाहरुसँग भेटघाट र तथ्य सूचना संकलन गरि अध्ययन, अनुगमन गरेको थियो ।

पीडितले जेठ १३ गते जातीय विभेदका कारण हत्या गरिएको अभियोगमा किटानी जाहेरी दिएका छन् । थप अनुसन्धानका लागि सि।आइ।बि र विशेष सरकारी वकिलको कार्यालयबाट एक जना सरकारी वकिल समेत खटाइएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  २ : ५७ बजे

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को