१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

गृह मन्त्रालयको निर्देशनलाई बुटवलका युवाको चुनौती, लकडाउनकै बीचमा हजारौंको प्रदर्शन (फोटो फिचर/भिडियो सहित)



बुटवल । संघिय सरकारको गृहमन्त्रालयले भेला, प्रदर्शन, सभा, सम्मेलन गर्ने जो कोहिलाई संक्रामक रोग ऐन बमोजिम जेल हाल्ने चेतावनी दिएको भोलिपल्ट देशै भर युवाहरुले गृहमन्त्रालयको चेतावनीको धज्जी उडाएकाछन् । समान्य पिसीआर टेष्टको दायरा बढाउने मागकारुपमा सुरु भएको युवाहरुको प्रदर्शन सरकारको राजिनामाको माग सम्म पुगेको छ ।

प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा पनि युवाहरुले सरकार विरोधि प्रदर्शन गरेका छन् । आयोजकको कितान नभएका सयौ युवाहरु शुक्रबार विहान १० बजे स्वत स्फुर्त बुटवलका सडकमा उत्रिएका थिए । पुष्पलाल पार्कमा भेला भई कोरोना भाइरस(कोभिड–१९) को रोकथाममा सरकार संवेदनशिल नभएको, क्वारेन्टाइन, आइसोलेशन मापदण्ड विपरित भएको र शंकास्पद बिरामीलाई पिसिआर टेस्ट गर्नुपर्ने, कोरोना नियन्त्रणमा करिब १० अर्ब खर्च भनिएकोमा हिसाब सार्वजनिक गर्नुपर्ने लगायतका माग राख्दै सरकार विरुद्ध प्रदर्शन गरेका छन् ।

‘फिजिकल डिस्टेन्स, पिसफुल प्रोटेस्ट, बुटवल’ भन्ने नारासहित विरोध सभा आयोजना गर्ने अभियानमा उत्रिएका युवाहरु सुरुमा सामाजिक दुरीका साथ सडकको वारी पारी उभिएर बिरोध जनाएपनि त्यसको केहिबेरमा नै सरकार बिरोधी नारा उरालदै मुख्यमन्त्री कार्यालय तर्फ अगाडी बढेको थियो । सडक किनारमा बसेर सामाजिक जागरणका गित गाउंदै भद्र बिरोध जनाउने भनिएपनि प्रदर्शनमा सहभागीको संख्या थपिएपछि उनीहरुले सरकार बिरोधि नारा लगाउंदै सडक अवरुद्ध हुने गरि प्रदर्शन गरेका थिए ।

युवाहरु समाजिक सञ्जाल फेसबुकमा फिजिकल डिस्टेन्स, पिसफुल प्रोटेस्ट, बुटवल नामको ग्रुप बनाएर सडकमा उत्रेका हुन् । कोरोना परीक्षणको आरडिटि विधि विश्वसनीय नभएकाले शतप्रतिशत पिसिआर विधिबाट कोरोनाको परीक्षण गर्न माग गर्दै सुरु भएको उनीहरुको प्रदर्शनमा जातीय विभेद अन्त्य गर्न, गुणस्तरीय क्वारेन्टाइनको ब्यवस्था गर्नुपर्ने, एमसीसी खारेज गर्नुपर्ने लगाएतका माग थपिएको थियो । विभिन्न प्लेकार्ड सहित उनीहरुले पुष्पलाल पार्क, हस्पिटल लाइन, बसपार्क लगायतका क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा ‘पिस प्रोटेस्ट अगेन्स्ट गर्भनमण्ट स्टेट फाइभ’ अर्थात् प्रदेश ५ सरकार विरुद्ध शान्तिपूर्ण आन्दोलन’ नामको समूह बनाई स्वतःस्फूर्त रुपमा सहभागि हुन आह्वान गरेका थिए ।

गृहमन्त्रालयले बिरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाउने निर्णय गर्दै ऐन बमोजिम जरिवाना र थुन्ने चेतावनी सहितको सुचना बिहिबार मात्र प्रकाशन गरेको थियो । प्रदेशकै राजधानीमा लकडाउनको उल्लंघन गर्दै गृह मन्त्रालयको सुचनालाई युवाहरुले अस्विकार गरेकाछन् ।

फोटो फिचर

 

भिडियो

 

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ३ : २६ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई