१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्ने



काठमाडौं । सडकमा युवाको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको भनिएको १० अर्वको हिसाव माग्ने दबाब बढेपछि कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशन समितिले कोरोना उपचारका सरकारले गरेको खर्चको हिसाब छिट्टै सार्वजनिक गर्ने बताएको छ ।

सीसीएमसीको शुक्रबार साँझ बसेको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको खर्चको फाँटवारी छिट्टै सार्वजनिक गर्ने निर्णय गरेको हो ।

समितिको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समितिका संयोजक तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले जारी गर्नुभएको वक्तव्य पढेर सुनाउँदै केही दिन भित्रमै खर्चको हिसाब सार्वजनिक हुने जानकारी दिए ।

उनले कोरोनाको रोकथाम तथा नियन्त्रण र उपचारका लागि नेपाल सरकारको तर्फबाट विभिन्न शिर्षकमा निकासा भएको तथा प्रदेश सरकार र स्थानीय तहहरुले आफ्ना कोषहरुबाट यस विषयमा खर्च गरेको समग्र फाँटवारी छिट्टै सार्वजनिक हुने बताए ।

उनले क्वारेन्टाइनको गुणस्तरमा समेत सुधार गर्दै जाने बताउंदै ‘एक महिना यता विदेशबाट नेपालीहरुको संख्या बढेर क्वारेन्टाइनहरुको व्यवस्थापनमा केही समस्या देखिएको स्पष्ट पारे ।

मन्त्री ज्ञवालीले दक्षिण एशियाका धेरै मुलुकहरुमा भन्दा नेपालमा सबेभन्दा बढी परीक्षण भएको दाबी गर्दै संक्रमणदरलाई हेरेर परीक्षणको दायरा बढाउने निर्णय भएको बताए । उनले भने ‘हाल नेपालले गरिरहेको पीसीआर टेस्ट दक्षिण एसियाका धेरै मुलुकहरुको भन्दा अधिक हो । ’

पछिल्लो केही दिन यता विभिन्न मागहरु राखेर भइरहेको आन्दोलनप्रति सरकार र सीसीएमसी निर्देशक समितिको ध्यानाकर्षण भएको बताउंदै ज्ञवालीले कोरोना संक्रमणको जोखिममा रहेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन प्रदर्शनकारीलाई आग्रह गरे ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ९ : २५ बजे

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,