११ असार २०८३, बिहिबार | June 25, 2026

पर्सामा २ जनाको मृत्यु, एकमा कोरोना संक्रमण पुष्टि, अर्का एकको पिसिआर रिपोर्ट आउन बाँकी



पर्सा । वीरगन्जमा बेवारिसे अवस्थामा मृत भेटिएका एक युवक सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यहि जेष्ठ २८ गते वीरगन्जको घण्टाघर छेउको विपी उद्यान परिसरमा मृत अवस्थामा भेटिएका अन्दाजी २५ वर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनको पहिचान भने खुल्न सकेको छैन । प्रहरीले बेवारिसे अवस्थामा भेटिएको उनको शव नारायणी अस्पतालमा पोष्टमार्टमका लागि पठाएको थियो ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको मृतकको स्वावको पिसिआर परीक्षणमा ती पुरुषको रिपोर्ट शुक्रबार राति पोजिटिभ आएको अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो । शवको पोष्टमार्टम रिपोर्ट नआइ सकेकाले ती पुरुषको मृत्युको कारण यकिन हुन नसकेको डाक्टर सिंहले बताउनुभयो । त्यसैगरि निमोनियाले ग्रस्त ५ वर्षीय बालकको वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रवार मृत्यु भएको छ ।

बाराको निजगढका ५ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु पश्चात उनको आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । निजगढबाट ल्याइएका ती बालकलाई शुक्रबार विहान ११ बजे अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनको स्वाब पीसीआर परीक्षणका लागि पठाइएको अस्पतालका सञ्चालक डा।अबुल हैस अन्सारीले बताउनुभयो ।

त्यसैगरि भारतबाट आएका ५ जनामा समेत कोरोना सक्रमणको पुष्टि भएको छ । वीरगन्जको कन्टी इन होटलको क्वारेन्टाइनमा बसेका २ जना र सखुवा प्रसौनी गाँउपालिकाको क्वारेन्टाइनमा बसेका ३ जनामा पनि शुक्रबार राति संक्रमण पुष्टि भएको हो ।

कन्टी इन होटलको क्वारेन्टीनमा १२ दिनदेखि बसेका वीरगन्ज ५ कुम्हाल टोलका ३४ वर्षीय महिला र १९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु दुवै जना एकै परिवारका सदस्य हुन् । त्यसैगरी सखुवा प्रसौनी गाउपालिकाका ३ बर्षीय बालक, १५ बर्षीय किशोर र ३० बर्षीय महिलामा कोरोना सक्रमणको पुष्टि भएको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  १० : ३३ बजे

रास्वपाको प्रदेशसभा खारेजी प्रस्तावप्रति बाबुरामको चेतावनी – ‘संघीयता भत्काउने भूल नगर्नू’

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले

रुसी राष्ट्रिय दिवसका अवसरमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति यादव सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा आयोजित

दक्षिण कोरियालाई १-० ले हराउँदै दक्षिण अफ्रिका विश्वकपको अन्तिम ३२ मा प्रवेश

काठमाडौं । दक्षिण कोरियामाथि १-० को रोमाञ्चक जित निकाल्दै दक्षिण

भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा

काठमाडौं । भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा गरिएको छ ।

जुम्लाको टम्टी आसपास ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जुम्लामा आज बिहान भूकम्प गएको छ । बिहान