४ पुस २०८२, शुक्रबार | December 20, 2025

संविधान संशोधन सर्वसम्मत पारित भएको खुशीयालीमा देशभर प्रदर्शन



बुटवल । नेपालको निशान छापमा नेपालको नयाँ नक्सा प्रयोग गर्ने संविधान संशोधन विधेयक प्रतिनिधिसभामा सर्वसम्मत पारित भएपछि देशभर खुशियाली मनाइएको छ ।

निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि बुटवल, काठमाडौं लगायत देशभर खुशियाली मनाइएको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धी विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको छ ।

बुटवलमा आयोजित खुशीयाली सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य दधिराम न्यौपाने र रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदीले सम्बोधन गरेका छन् ।

नेताहरुले सम्बोधनका क्रममा अब नयाँ नक्शालाई आधार बनाएर सरकारले भारतसँग छिटो वार्ता गर्नुपर्ने बताए । भारतले नेपालको अतिक्रमित जमिनबाट तत्काल आफ्ना सेना हटाउन पनि उनीहरुले माग गरे । राष्ट्रिय एकताको पहल गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डको प्रशंशा गरे ।

यस्तै, काठमाडौंको माइतीघर मण्डला, पोखरा, नेपालगन्ज लगायतका ठाउँहरुमा उपस्थित सर्वसाधारणहरुले सडकमा नेपालको नक्सा बनाएर खुशियाली मनाएका छन् ।

मण्डलामा दिप प्रज्वलन गर्ने कार्यक्रम आयोजना गरिए पछि पानी परेको कारण रोकिएको छ ।

संसदमा रहेका सबै राजनीतिक दलहरुबीच राष्ट्रिय एकताको पक्षमा एकमत भएको भन्दै सर्वसाधारणहरुले खुशी व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ७ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको