२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

इनर्व्हिलको देशब्यापी कबिता प्रतियोगितामा प्रथम भइन बुटवलकी रन्जु



बुटवल । देश लामो समय देखि लकडाउनमा छ यो समयमा धेरै संघ सस्थाले बिभिन्न क्रियाशिल कामहरु गरिरहेका छन् ।

यसै सन्दर्भमा इनरव्हिल क्लब अफ बालाजुले शनिवार कबिता प्रतियोगिताको आयोजना गरेको थियो । नेपाल भरी रहेका इनरव्हिल क्लव हरु विच भएको अन्तर क्लव कविता प्रतियोगीतामा बुटवलकी रन्जु गौतम प्रथम भएकी छन् , दोस्रो इनर्व्हिल लुम्बिनीकी सीता भट्टराई , इनरव्हिल भक्तपुरकी ज्योति माया क्षेत्री तृतीय भएकी छन । बिजेतालाई बन्दाबन्दी पछि एक कार्यक्रम गरि सम्मान सहित पुरस्कृत गरिने आयोजक क्लब बालाजुले जनाएको छ ।

अनलाइन माध्यम बाट आयोजना गरिएको कबिता प्रतियोगितामा इनरव्हिल क्लब अफ मिड टाउनका सह सचिव रहेकी रञ्जु गौतम घिमीरे नेपालको परिपेक्ष्यमा कोभिड १९ शिर्षकमा शार्दुलविक्रीडित छन्दमा कबिता बाचन गरेकी थिइन ।

क्लबको सक्रिय सदस्य कबिता प्रतियोगितामा प्रथम भएपछि क्लबका अध्यक्ष लक्ष्मी क्षेत्री , आई पी पी राधा भट्टराई र क्लबका अन्य सम्पुर्ण सदस्यहरुले बधाई ब्यतm गरेका छन् । क्लबले बिजेता गौतमको साहित्यिक यात्राको प्रगतिको कामना समेत व्यक्त गरेको छ ।

बिजेता गौतमले यो खुशीयाली व्यक्तिगत मात्रै नभएर सस्थागत जीत भएको बताइन् । प्रतियोगिताको निर्णायकमा वरिष्ठ साहित्यकार प्रा.डा शैलेन्द्र प्रकाश नेपाल , प्रा.डा गार्गाी शर्मा र प्रा.डा बेटी बज्राचार्य रहेका थिए ।

कार्यक्रममा ३९ जना सहभागी भएका थिए । हाल नेपालमा २५ क्लब रहेका छन् । इनरव्हिल क्लबमा देशैभरि महिलाहरु मात्रै आबद्ध रहेका छन् । बिजेता रन्जु अघिल्ला बर्षहरुमा पनि बिजेता भएको क्लबले जनाएको छ ।

बिजेताले बाचन गरेको कबिता जस्ताको तस्तै
शिर्षक – कोरोना कहर– छन्द — शार्दुलविक्रीडित

कोरोना अव छोडिदे मनुजमा, सन्त्रास फैलाउन ।
एैले विश्व डराउँदैछ भयले थालिस् तँ मौलाउन ।
तँैले गर्नु गरीस् सवै सुख हरिस् , व्यापार घट्दै गयो ।
मान्छे मौन भएर बस्छ घरमा देशै अँध्यारो भयो ।।१।।

हाहाकार जताततै छ किन हो, विज्ञान हार्दै गयो ।
विद्धान्मा पनि त्रास फैलिन गयो, आस्था अनास्था भयो ।
पैसाले पनि केही गर्न सकेनाँै, भै बेसाहारा बस्याँै ।
तेरो आयू बताईदेन कति हो दिक्दार हामी बन्यँौ ।।२।

छन् सन्तप्त दुखी बनी सडकमा, खानै नपाईकन ।
छन् वैज्ञानिक ती प्रताडित कठै ! ,देखेर त्यो दुर्दिन ।
पत्ता लाग्न सकेन कुन्नि किन हो , यै औषधी हो भनी ।
मर्दै छन् मनुवा उमेर नपुगी हे दैव के भो भनी ।।३।।

ढोका बन्द छ , छन् सवै कहरमा, छन् भोकले भर्भर
“प्यारो बास त्यतै छ जिवन दिने , फर्कीन्छु बाचे घर ।”
छाती पोल्छ विदेशका , भतभती सुन्दा मरेका कुरा ।
सीमामा अलपत्र यात्रु जन ती, छन् प्राण खोज्दै पुरा ।।४ ।।

बाटो कुर्छ बसेर देश अहिले , बन्दैछ यो जर्जर ।
चाडै गर्नु छ क्रान्ति आज कृषिमा आउँ प्रवासी घर ।
ल्याउ हे सरकार शीघ्र अब ता , नौला तिनी योजना ।
आफ्नै पौररख साथ निर्भर भई बाच्ने नयाँ सिर्जना ।। ५।।

रचयिता- रञ्जना गौतम घिमीरे
इनरव्हिल क्लव अफ मिड टाउन ,बुटवल रुपन्देही

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  १० : ०७ बजे

इनिशालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन, थप अनुसन्धानका लागि सीआईबी टोली सुर्खेतमा

काठमाडौं । सुर्खेतमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला

नाबालिका बलात्कारको आरोपमा कञ्चनपुरमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा