२० आश्विन २०८३, मंगलबार | October 6, 2026

वर्षको अन्तसम्म यूरोपले पाउनेछ ४० करोड डोज कोरोना भ्याक्सिन



कोरोना भाइरसको भ्याक्सिन बनपछि यसलाई हासिल गर्न यूरोपको इन्क्लूसिभ भाक्सिन अलायन्सले भ्याक्सिन बनाउने कम्पनी अस्त्राजेनका सँग सम्झौता गरेको छ । यो अलायन्सनको नेतृत्व जर्मनी, फ्रांस, इटली र नेदरल्याण्डले गरेका छन् ।

जर्मन सरकारका अनुसार यो कम्पनीले यूरोपलाई ४० करोड डोज भ्याक्सिन दिनेछ । जुन भ्याक्सिन यूरोपियन यूनियनका देशहरुलाई वितरण गरिनेछ ।

कम्पनीको अनुसार भ्याक्सिनको उत्पादन बढाउने कोशिस भैरहेको छ । कोरोना महामारीबाट वच्न कम्पनीले विना नाफा भ्याक्सिनको सप्लाई गर्ने जनाएको छ ।

यस वर्षको अन्तसम्ममा भ्याक्सिनको पहिलो खेपको वितरण सुरुहुने निर्माता कम्पनीले दाबी गरेको छ ।

कम्पनीका चिफ एक्जिक्यूटिभ पास्कर सोरियाले भनेका छन्, ‘यसबाट यो सुनिश्चित भएको छ कि सबै ठिक ढंगले अघि बढ्यो भने यूरोपका करोडौं नागरिकले भ्याक्सिन प्राप्त गर्न सक्नेछन् । गर्मी सकिने बेलासम्म हामीलाई यसबारे थप जानकारी मिल्नेछ ।’

यूरोपका सबै देशमा भ्याक्सिन पुर्याउने उनले दाबी गरे ।
-एजेन्सी

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ७ : ५६ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११