७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कोरोना संक्रमणबाट विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकियो



लन्डन । कोरोना भाइरसको संक्रमणले विदेशमा विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत ८ साता लगातार बिभिन्न देशमा नेपालीहरुले ज्यान गुमाएका थिए । यो साता भने कोरोना भाइरसको संक्रमणले कुनै नेपालीले ज्यान गुमाउन परेन ।

यस्तो छ– तथ्यांक
एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा हिजो शनिवार साँझसम्म उल्लेख्य रुपमा कमी आएको छ ।

डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायतका १५ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

एनआरएनए स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा ९ हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमिक भएका छन ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सो साता पहिलो पटक अफ्रिकी मुलुकमा रहेका ३ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भेटियो । संघका अनुसार कोरोना संक्रमणले हालसम्म १ सय २७ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् भने नेपाल ज्यान गुमाउने संख्या १८ पुगेको छ । हाल सम्म विश्वभर कोरोनाका कारण १४५ जना नेपालीले ज्यान गुमाएका छन् ।

सापकोटाका अनुसार नेपालको ५ हजार ३ सय ३५ सहित विश्वभरका ३५ देशमा २३ हजार १ सय २७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कोरोना भाइरसका कारण बेलायत, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको ज्यान गएको थियो ।

सहयोग
एनआरएनएले विदेशमा अलपत्र परेका नेपालीहरुको लागि आर्थिक सहयोगको दायरालाई फराकिलो बनाएको छ । यो साता गर्भवती महिला र बालबालिकाका लागि आर्थिक सहयोग वितरण गरिएको छ । एनआरएनए कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार संघले कुवेत र युएईका समस्यामा परेका नेपाली गर्भवती महिला र बालबालिकाहरुका लागि थप आर्थिक सहयोग वितरण गरेको हो ।

संघले कोभिड १९ बाट पीडित गैरआवासीय नेपालीहरुलाई तेश्रो चरणअन्तर्गत कुवेत र युएईमा ६–६ हजार डलर, फ्रान्समा र डेनमार्कमा रहेका नेपालीहरुको लागि २ हजार अमेरिकी डलर सहयोगको घोषणा गरेको छ । यसअघि संघले मलेसिया, बहराइन, स्पेन, पोर्चुगल, ईटाली, माल्टा, कुवेत, युएइ, सउदी अरब र साईप्रसमा कोरोनाबाट प्रभावित नेपालीको लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

संघले हालसम्म विदेशमा कोभिड पीडित नेपालीको लागि ६६ लाख रुपैयाँ सहयोग गरिसकेको छ ।

उद्दार
एनआरएनएले बिहीबारसम्म विदेशमा अलपत्र परेका पाँच सयभन्दा बढी नेपालीको उद्दार गरिएको जनाएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा २ सय ९९ नेपाली स्वदेश फर्किएका छन् ।

अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा रहेका थप दुई हजार नौ सय ९१ जनालाई हरेक दिन दुई उडान गरी नेपाल फर्काउने तयारी भएको छ । अहिलेसम्म गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली दुतावासको समन्वयमा म्यानमारबाट २६, खाडी मुलुक दुबईबाट एक सय ६८, अष्ट्रेलियाबाट ११, जापानबाट ७ र कुवेतबाट २ सय ९९ गरी समय ५ सय ११ जनाको उद्दार गरिएको छ ।

संयुक्त राष्ट्र संघमा छलफल
यसैबीच नेपाली श्रमिकको उद्धारको लागि एनआरएनएले संयुक्त राष्ट्र संघमा छलफल गरेको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का उपाध्यक्ष डा। बद्री केसीका अनुसार राष्ट्र संघअन्तरगतको इन्टरनेश्नल अर्गनाइजेशन फर माइग्रेसन ९आइओएम० सँग संघका अध्यक्ष कुमार पन्तसहितको टोलीले छलफल गरेको थियो ।

गत बुधवार भिडियो कन्फ्रेन्समार्फत् भएको छलफलमा राष्ट्र संघअन्तर्गत नेपाल मिसनकी प्रमुख लोरेना लान्डाले आइएमओ विदेशमा रहेका नेपालीको उद्दारका लागि सहयोग गर्न इच्छुक रहेको जानकारी दिएकी थिइन् । आइओएमले कोरोना भाइरसको संक्रमणका कारणले नेपाल फर्किएका नेपालीलाई विमानस्थलबाट होल्डिङ्ग सेन्टरसम्म लैजानसमेत सहयोग गर्न इच्छुक रहेको जनाएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ९ : ४७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल