३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

कपिलवस्तुको एक गाउँमा लगाइएको ब्ल्याक आउट प्राधिकरणले हटायो



कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका– ५ स्थित बलुहवा गाँउमा गरिएको ब्ल्याक आउट हटाइएको छ ।

गत शुक्रवार चुहावट नियनत्रणका लागि गएका नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्र विद्यतुका कर्मचारीमाथि गाउँलेले दुव्र्यवहार गरी अवरोध गरेपछि प्राधिकरले गाँउलाई नै ब्ल्याक आउट गरेको थियो ।

स्थानीय राजाराम यादवको घरमा चुहावट फेला पारीअनुगमन टोलीले घरको मोटर सहितका सामाग्री नियन्त्रणमा लिर्इ गाडीमा राख्ने क्रममा घर परिवार तथा छिमेकीले दुव्र्यवहार र गाली गलौज गरेको विद्यतु प्राधिकरण तौलिहावा शाखाका प्रमुख जय कुमार यादवले बताएका थिए ।

ब्ल्याक आउट हटाउन प्रदेशसभाका सदस्य सहसराम यादवको पहलमा कर्मचारी र स्थानीय गाउँलेबीच छलफल भएको थियो ।

छलफलका क्रममा दोषीलाई कारवाई गर्ने तथा माफी माग्न लगाउने लिखित सहमति भएपछि गाउँमा ब्ल्याक आउट हटाइ विद्युत ट्रान्सफर चालु गरिएको यादवले जानकारी दिएका छन ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  १२ : २७ बजे

एयर इन्डियाको विमानमा बम भएको हल्लाले थाइल्याण्डमा आकस्मिक अवतरण

काठमाडौं । एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ

लुम्बिनीका ४ जिल्लामा असार १ गते सार्वजनिक विदा

नेपालगन्ज । लुम्बिनी प्रदेशको पहाडी जिल्लाहरुमा गरिने भूम्या पूजाका लागि

संसद् आजैदेखि खुल्छ : गगन थापा

इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध

उच्च अदालतका चार न्यायाधीशलाई मुख्य न्यायाधीशमा सिफारिस

काठमाडौँ । चार जना उच्च अदालतका न्यायाधीशलाई मुख्य न्यायाधीश पदमा

पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख