७ आश्विन २०८३, बुधबार | September 23, 2026

मेचीकाली सहकारीद्वारा स्थापना दिवसमा वृहत्त रक्तदान



बुटवल । मेचीकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवलको २१ औं स्थापना दिवसका अवसरमा वृहत्त रक्तदान भएको छ ।

सहकारीको स्थापना दिवसकै दिन विश्व रक्तदाता दिवससमेत परेकाले सहकारीले ऐतिहासिक अवसरका रुपमा वृहत्त रक्तदान गरेको हो । महामारीका बेलामा रगतको अभाव भएको र अस्पतालहरुमा समेत उपचार प्रभावित भइरहेका बेलामा मेचीकाली सहकारीले रक्तदान कार्यक्रमको आयोजना गरेको सहकारीका अध्यक्ष बालाराम भट्टराईले जानकारी दिनुभयो ।

सहकारीको स्थापना दिवसको अवसरमा र रक्तदाता दिवसको शन्दर्भसमेत पारेर गरिएको रक्तदान कार्यक्रममा रक्तदातालाई सम्मान व्यक्त गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

सहकारीले कोरोना भाइरस (कोभिड–१९) को जोखिम बहनका लागि सहकारीका आठ सय ६० जना सदस्यहरुको बीमासमेत गराएको भन्दै प्रमुख सुवेदीले सराहना गर्नुभयो । सहकारीले बुटवलको विपद् व्यवस्थापन कोषमा ११ हजार रुपैयाँसमेत प्रदान गरेको थियो । सहकारीले सामजिक हीत र जनहीतका काममा चासो दिएको उल्लेख गर्दै प्रमुख सुवेदीले यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

रक्त सञ्चार सेवा केन्द्रलाई आवश्यक पर्ने भौतिक सामाग्रीहरु यथाशीघ्र उपलब्ध गराई रक्त संकलन कार्यलाई व्यवस्थित बनाइने प्रमुख सुवेदीको भनाइ थियो । उहाँले सहकारीहरुले महामारी विरुद्ध सचेतनाका अभियान अझ प्रभावकारी रुपमा सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो ।

सहकारीले शिक्षा, स्वास्थ्य र मानवताको हीत हुने खालका कार्यक्रमलाई निरन्तरता दिइएको बताउँदै सहकारीका अध्यक्ष भट्टराईले सहकारीका सिद्दान्तलाई व्यवहारिक बनाउनुका साथै समाज सुधारका काममा केन्द्रित रहको बताउनुभयो । उहाँले जिल्ला सहकारी संघमार्फत पनि एकीकृत कोषमा महामारी विरुद्ध आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिनुभयो ।

नेपाल समाजसेवी रक्तदाता समाजका जिल्ला अध्यक्ष कृष्ण चौहानले सहकारीले रक्तदानसंगै समाजसेवाका काममा निरन्तरता दिएको भन्दै सराहना गर्नुभयो । उहाँले आफुहरु सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
उक्त अवसरमा सहकारीका निवर्तमान अध्यक्ष तेजकुमार पाठले सहकारीले उपभोक्ताको हीतका विषयमा पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँदै महामारी विरुद्धको अभियानमा पनि उदाहरणीय काम गरिरहेको बताउनभुयो ।

बुटवलको रक्तसञ्चार केन्द्रमै आयोजना गरिएको बृहत्त रक्तदान कार्यक्रममा ८१ जनाले रक्तदान गर्नुभएको र त्यसमा २२ जना महिला रहेको सहकारीका सदस्य तथा कार्यक्रम संयोजक भूवन गिरीले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष डिल्लीराज भण्डारीले र सञ्चालन सहकारीका सचिव नरेश पाण्डेले गर्नुभएको थियो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ४ : ४३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई