१६ चैत्र २०७९, बिहिबार | March 30, 2023

मेचीकाली सहकारीद्वारा स्थापना दिवसमा वृहत्त रक्तदान



बुटवल । मेचीकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवलको २१ औं स्थापना दिवसका अवसरमा वृहत्त रक्तदान भएको छ ।

सहकारीको स्थापना दिवसकै दिन विश्व रक्तदाता दिवससमेत परेकाले सहकारीले ऐतिहासिक अवसरका रुपमा वृहत्त रक्तदान गरेको हो । महामारीका बेलामा रगतको अभाव भएको र अस्पतालहरुमा समेत उपचार प्रभावित भइरहेका बेलामा मेचीकाली सहकारीले रक्तदान कार्यक्रमको आयोजना गरेको सहकारीका अध्यक्ष बालाराम भट्टराईले जानकारी दिनुभयो ।

सहकारीको स्थापना दिवसको अवसरमा र रक्तदाता दिवसको शन्दर्भसमेत पारेर गरिएको रक्तदान कार्यक्रममा रक्तदातालाई सम्मान व्यक्त गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

सहकारीले कोरोना भाइरस (कोभिड–१९) को जोखिम बहनका लागि सहकारीका आठ सय ६० जना सदस्यहरुको बीमासमेत गराएको भन्दै प्रमुख सुवेदीले सराहना गर्नुभयो । सहकारीले बुटवलको विपद् व्यवस्थापन कोषमा ११ हजार रुपैयाँसमेत प्रदान गरेको थियो । सहकारीले सामजिक हीत र जनहीतका काममा चासो दिएको उल्लेख गर्दै प्रमुख सुवेदीले यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

रक्त सञ्चार सेवा केन्द्रलाई आवश्यक पर्ने भौतिक सामाग्रीहरु यथाशीघ्र उपलब्ध गराई रक्त संकलन कार्यलाई व्यवस्थित बनाइने प्रमुख सुवेदीको भनाइ थियो । उहाँले सहकारीहरुले महामारी विरुद्ध सचेतनाका अभियान अझ प्रभावकारी रुपमा सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो ।

सहकारीले शिक्षा, स्वास्थ्य र मानवताको हीत हुने खालका कार्यक्रमलाई निरन्तरता दिइएको बताउँदै सहकारीका अध्यक्ष भट्टराईले सहकारीका सिद्दान्तलाई व्यवहारिक बनाउनुका साथै समाज सुधारका काममा केन्द्रित रहको बताउनुभयो । उहाँले जिल्ला सहकारी संघमार्फत पनि एकीकृत कोषमा महामारी विरुद्ध आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिनुभयो ।

नेपाल समाजसेवी रक्तदाता समाजका जिल्ला अध्यक्ष कृष्ण चौहानले सहकारीले रक्तदानसंगै समाजसेवाका काममा निरन्तरता दिएको भन्दै सराहना गर्नुभयो । उहाँले आफुहरु सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
उक्त अवसरमा सहकारीका निवर्तमान अध्यक्ष तेजकुमार पाठले सहकारीले उपभोक्ताको हीतका विषयमा पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँदै महामारी विरुद्धको अभियानमा पनि उदाहरणीय काम गरिरहेको बताउनभुयो ।

बुटवलको रक्तसञ्चार केन्द्रमै आयोजना गरिएको बृहत्त रक्तदान कार्यक्रममा ८१ जनाले रक्तदान गर्नुभएको र त्यसमा २२ जना महिला रहेको सहकारीका सदस्य तथा कार्यक्रम संयोजक भूवन गिरीले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष डिल्लीराज भण्डारीले र सञ्चालन सहकारीका सचिव नरेश पाण्डेले गर्नुभएको थियो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ४ : ४३ बजे

शुद्धोधन गाँउपालिका-७ का वडा अध्यक्ष सहित प्रमुख कार्यकारी अधिकृत घुस सहित अख्तियारको फन्दामा

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको शुद्धोधन

एक दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुन्छ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई हप्ताभित्र गौतमबुद्ध

लोसपाले शरतसिंह भण्डारीलाई मन्त्री बनाउने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सांसद शरत सिंह भण्डारीलाई

नारायणगढ-बुटवल सडक विस्तारले गति लिँदै

काठमाडौं । लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ–बुटवल सडक विस्तारले

सुनचाँदी मुल्य : सुनको घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले घटेको