५ पुस २०८२, शनिबार | December 20, 2025

सिमाबाट क्वारेन्टाइनसम्म नेपाली ओसार्ने बस चालकसम्म पुग्यो कोरोना भाइरस



कैलाली । सिमाबाट उद्दार गरिएका नेपाली ओसारपसार गर्न यातायात प्रयोग गरिएपनि स्थानीय प्रशासनले यातायात साधनमा सेवा दिने यातायात मजदुरको स्वास्थ्यमा लापर्वाही गर्दा १ जना बस चालकलाई कोरोना संक्रमण पुष्टी भएको छ । कन्चनपुरको गड्डा चौकीबाट बिभिन्न क्यारेन्टाइनसम्म प्रयोग गरिएको बस चालकलाई कोरोना पुष्टी भएको हो ।

स्वास प्रस्वासमा समस्या देखिएपछि धनगढीको नवजीवन अस्पतालको आइसीयुमा उपचार गराइरहेका यातायात ब्यवसाय समेत रहेका पुरुषमा कोरोना पुष्टि भएको छ। कैलालीकै गोदावरी नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय पुरुषमा शनिवार राति ११ बजे कोरोना पुष्टि भएको हो। उनी सार्वजनिक यातायात प्रा.लिका सदस्य समेत रहेको बताईएको छ ।

सास फेर्न कठिन भएपछि उनको उपचारमा भेन्टिलेटर प्रयोग गरिएको छ। कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल आएकालाई क्वारेन्टाइनसम्म ओसार्ने काममा सक्रिय उनी विगत दुई दिनदेखि नवजीवन अस्पतालको आइसीयूमा उपचार गराइरहेका थिए।

उनमा कोरोना पुष्टि भएपछि सम्पर्कमा आएका नवजीवन अस्पतालको आइसीयूमा कार्यरत सबै स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखेर आईसीयू कक्ष शिल गरिएको छ । सङ्क्रमण पुष्टि भएका पुरुषलाई राति नै सेती प्रादेशिक अस्पतालको आइसियुमा सारिएको नवजिवन अस्पतालले जनाएको छ ।

उनको सेतीको कोरोना अस्पतालको आइसियुमा उपचार थालिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ६ : ११ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता